
काठमाडौं ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ट्विटर एकाउन्ट ह्याक गर्ने प्रयास भएको बताइएको छ।
प्रधानमन्त्री कार्यालयले आइतबार बिहान ट्विटरमार्फत् यस्तो जानकारी गराएको हो।
प्रधानमन्त्री कार्यालयको ट्वीटमा प्रधानमन्त्री मोदिको ट्विटर ह्यान्डल केही हदसम्म तोडमोड गर्ने प्रयास भएको उल्लेख गरिएको छ।
Indian PM @narendramodi's #Twitter account was briefly compromised & tweets promoting #Bitcoin links were shared on the account. @PMOIndia confirmed that the account has now been secured and that earlier tweets should be ignored.#India #IndiaWantsCrypto #ModiAccountHacked #btc pic.twitter.com/JNgdvnzcgr
— Hamza Azhar Salam (@HamzaAzhrSalam) December 12, 2021
प्रधानमन्त्रीको ट्विटर एकाउन्ट ह्याक गरेर ह्याकरले बिटक्वाइन भारतमा वैध गरिएको भन्दै त्यसको प्रचार प्रसारको सामग्री राखेका थिए।
भारतको प्रधानमन्त्रीकै ट्विटर ह्यान्डल ह्याक भएपछि थुप्रै भारतीयहरुले आफ्ना पोस्टमा सकारात्मक, नकारात्मक तथा व्यङ्ग्यात्मक तरिकाले प्रतिक्रिया दिएका छन्।
Yes it was. Twitted twice about bitcoin in 5 minutes. Ppl who r saying its fake screenshot as there is no such tweet on his profile need to know that once it gets deleted,u dont see it.https://t.co/wwUm7UxACE
— Dessie Aussie ???????????????? (@DessieAussie) December 11, 2021
रोयटर्सका अनुसार उक्त ह्याकपछि तुरुन्तै यसको जानकारी ट्विटरलाई गराएर मोदिको ट्विटर ह्यान्डल @narendramodi लाई सुरक्षित बनाइएको प्रधानमन्त्रीको कार्यालयले ट्वीटमार्फत् जानकारी गराएको छ।
प्रकाशित: २६ मंसिर २०७८, आईतवार