चाईनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडि १ मा प्रशारण हुँदै

  • Technology Khabar | २६ मंसिर २०७८, आईतवार
चाईनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडि १ मा प्रशारण हुँदै

काठमाडौं ।

चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार एक्सन स्पोर्ट्स एच डि १ लिएको छ। यस सिजनको चाईनिज सुपर लिग अन्तर्गत मंसिर २६ गते आईतबार देखि सुरु हुने प्लेअफका खेलहरु एक्सन स्पोर्ट्स एच डि १ मा प्रत्यक्ष प्रसारण हुनेछन् ।

पहिले चाईनिज जिया ए लिगको नाममा हुने यो लिग सन् २००४ देखि चाईनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाईनिज सुपर लिगको नामबाट सुरु भएको थियो। चाईनिज सुपर लिगको यस सिजनमा कुल १६ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् ।

चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडिहरुका लागि पनि आकर्षक लिगका रुपमा लिइन्छ। यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडिहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दैछन्।

ला लिगा, एफ ए कपको नेपालमा आधिकारिक प्रशारण गरिरहेको एकमात्र नेपाली स्पोर्ट्स च्यानल एक्सन स्पोर्ट्सले आफ्नो एच डि १ र एच डि २ च्यालन मार्फत बिभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलहरु प्रशारण गरिरहेको छ ।

प्रकाशित: २६ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार