
काठमाडौं ।
नेपाली काँग्रेसको १४औँ महाधिवेशनको मतदानस्थल भृकुटीमण्डपभित्र मोबाइल फोनलाई निषेध गरिएको छ।
काँग्रेसको केन्द्रीय निर्वाचन समितिले आचारसंहिता जारी गर्दै मतदान स्थलभित्र मोबाइल फोनलाई निषेध गरेको हो । सो आचार संहिता शुक्रबारदेखि लागू हुने छ।
समितिका संयोजक गोपालकृष्ण घिमिरेका अनुसार, महाधिवेशनमा सहभागी प्रतिनिधिका लागि आचार संहिता निर्माण गरिएको र सबैले त्यसको पालना गर्न निर्देशन दिइएको छ।
समितिले महाधिवेशनमा उम्मेदवार हुने केन्द्रीय कार्य समितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा महाधिवेशन प्रतिनिधि, पार्टीका शुभेच्छुक समर्थकलाई सो आचारसंहिता लागू हुने बताएको छ।
यसैगरी निर्वाचन अवधिमा आफ्ना उम्मेदवारीको प्रचार प्रसार गर्न भिजिटिङ कार्ड र सामान्य अपिल वितरण गर्नसकिने बताइएको छ । कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार प्रसार गर्नमा बन्देज लगाइएको छ ।
प्रकाशित: २३ मंसिर २०७८, बिहीबार