शाओमीद्वारा एचडीआर तथा डल्बी भिजन सपोर्टसहितको टीभी ईएस५० २०२२ सार्वजनिक

  • Technology Khabar | २२ मंसिर २०७८, बुधबार
शाओमीद्वारा एचडीआर तथा डल्बी भिजन सपोर्टसहितको टीभी ईएस५० २०२२ सार्वजनिक

काठमाडौं ।

चिनियाँ टेक कम्पनी शाओमीले हालै चीनमा ईएस५० २०२२ नामक टीभीको घोषणा गरेको छ।

यो टीभीको आकार ५० इन्च रहेको र यसमा थुप्रै नयाँ र आधुनिक फिचरहरु रहेका बताइएको छ। तीमध्ये केही फिचरहरुमा फोरके रेजोल्युशन, एचडीआर सपोर्ट, डल्बी भिजन तथा ६०० निट्ससम्मको ब्राइटने आदि रहेका छन्।

शाओमीले सार्वजनिक गरेको यो टीभीको एउटा मुख्य फिचर भनेको रंग पुन: उत्पादन हुने गल्ति घटाइएबाट प्राप्त प्रोफेशनल लेभलको रंगको संयोजन भएको जनाइएको छ।

यसमा प्रयोग गरिएको एआई इन्जिनले आवाज घटाउनका लागस सुपर रेजोल्युशन अल्गोरिदमको उपयोग गर्ने र यसबाट डेफिनिशनमा सुधार आउनुका साथै रियल टाइममा कम रेजोल्युशनबाट आउने समस्याहरु समाधान हुने बुझिएको छ।

यसबाहेकका अरु फिचरहरुमा एमईएमसी, १० बीट कल् प्यानल, मिडियाटेकको एमट्टी९६३८ क्वाडकोर चिपसेट तथा टीभी ३.०का लागि आवश्यक एमआईयूआई रहेका छन्।

यसको शुरुवाती मूल्य २,३९९ चिनियाँ यूआन तोकिएको छ भने डिसेम्बर ११ देखि डेलिभरी हुनेगरी प्रि-अर्डर पनि खुलाइएको छ।

प्रकाशित: २२ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार