डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना

  • Technology Khabar | २१ मंसिर २०७८, मंगलवार
डुकुछापमा डिशहोमको नयाँ स्याटेलाइट टेलिपोर्ट स्थापना

काठमाडौं ।

डिटिएच सेवा दिँदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको छ।

छ्यासीकोट स्थित टेलिपोर्टबाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको हो।

अब कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटेलाइट टेलिपोर्ट स्थापना गरेको बताएको छ।

छ्यासीकोटमा रहेको डिशहोमको स्टेशन मार्फत फाईवर केबुलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको स्याटेलाइट टेलिपोर्टसम्म पुर्याई डिशहोमका सम्पुर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिंक गरि प्रशारण गर्ने क्षमता राख्ने कम्पनीको दाबी छ।

प्रकाशित: २१ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • २१ मंसिर २०७८, मंगलवार