१०० वाट फास्ट चार्जिङयुक्त मिक्स ५ स्मार्टफोन ल्याउँदै शाओमी

  • Technology Khabar | २१ मंसिर २०७८, मंगलवार
१०० वाट फास्ट चार्जिङयुक्त मिक्स ५ स्मार्टफोन ल्याउँदै शाओमी

काठमाडौं ।

चिनियाँ स्मार्टफोन ब्रान्ड शाओमीले १०० वाटभन्दा बढीको फास्ट चार्जिङ सपोर्टयुक्त स्मार्टफोन ल्याउने भएको छ।

कम्पनीसँग हाल १२० वाट फास्ट चार्जिङ प्रविधि रहेको र यसले आफ्नो प्रविधिमा निरन्तर सुधार ल्याउन प्रयास गरिरहेको बुझिएको छ।्

चर्चित वेबो टेक ब्लगर @डीसीएसका अनुसार शाओमीले हाल १०० वाटभन्दा बढीको फ्ल्याश चार्ज प्रविधि परीक्षण गरिरहेको छ।

उक्त रिपोर्टमा चार्जिङको गति ठूला क्षमतायुक्त ब्याट्रीहरुका लागि हुने र यो प्रविधिमार्फत् चार्जिङको गति र ब्याट्रीको म्याद दुवै सुनिश्चित हुने उल्लेख गरिएको छ।

ब्लगरले नयाँ फास्ट चार्जिङ प्रविधिको स्पेसिफिकेशन भने उल्लेख गरेको छैन। हालसम्म शाओमी १२ सिरिजमा सर्वाधिक १२० वाटको फास्ट चार्जिङ रहेको छ। शाओमीको १०० वाटभन्दा माथिको फ्ल्याश चार्जिङ भने मिक्स ५ सिरिज अगाडि नआउने बताइएको छ।

प्रकाशित: २१ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • २१ मंसिर २०७८, मंगलवार