
काठमाडौं ।
क्रिप्टोकरेन्सीलाई विश्वभर सबैभन्दा अस्थिर मुद्राको रुपमा लिईन्छ र यसको मूल्यमा उतार चढाव आईरहन्छ। हालै विश्वको सबैभन्दा मूल्यवान क्रिप्टो बिटक्वाइनमा पनि त्यस्तै देखिएको छ।
बिटक्वाइन शनिबार १२.१४ प्रतिशतले डुबेको छ। क्रिप्टोकरेन्सीले अघिल्लो बन्द भएको मूल्य भन्दा ६,५६७.६अमेरिकी डलर गुमाएर शनिवार ४७,१७६.०९ डलरमा झरेको हो ।
बिटक्वाइन, विश्वको सबैभन्दा ठूलो र सबैभन्दा प्रसिद्ध क्रिप्टोकरेन्सी, नोभेम्बर १० मा पुगेको वर्षको उच्च मूल्य ६९,००० डलरको बिन्दूबाट ३१.६ प्रतिशत तल झरेको हो।
यसका साथै अर्को क्रिप्टोकरेन्सी ईथर, इथरियम ब्लकचेन नेटवर्कसँग जोडिएको सिक्का, शनिबार १०.१४ प्रतिशतले झरेर ३,७९४.६१ डलरमा पुग्यो। ईथरले अघिल्लो बन्द भएको मूल्यको तुलनामा ४२८.१९ डलर गुमायो।
प्रकाशित: १८ मंसिर २०७८, शनिबार