
काठमाडौं ।
अहिलेसम्म तपाईंले ३० वाटदेखि १२५ वाटसम्मका फास्ट चार्जिङ सुविधा भएका स्मार्टफोनहरूको बारेमा सुन्नु भएको होला। तपाईले पनि यस्ता धेरै फोनहरु प्रयोग गरिरहनुभएको होला तर चाँडै नै १६५वाट फास्ट चार्जिङ सुविधा भएको स्मार्टफोन बजारमा आउन लागेको छ।
चिनियाँ कम्पनी जेडटिई को यो आगामी स्मार्टफोन नूबिया रेड म्याजिक ७ (Nubia Red Magic 7) को रूपमा प्रस्तुत हुनसक्नेछ। कम्पनीले डिसेम्बर १ मा घोषणा गरेर जेडटिईको आगामी नूबिया रेड म्याजिक स्मार्टफोन नवीनतम क्वालकम स्न्यापड्रागन ८ जेन १ चिपसेटका साथ प्रस्ताव गरिने जानकारी दिएको छ।
जेडटिईको उत्पादन केन्द्र निर्देशक लुओ वेईले वर्षको सुरुमा कम्पनीको फ्ल्यागशिप फोन जेडटिई एक्जोन ३० अल्ट्रा तीन मुख्य क्यामरा सेटअपको साथसाथै स्न्यापड्रागन प्रोसेसर भएको रेड म्याजिक ६ श्रृंखला गेमिङ फोनमा आउने बताएका थिए।
कम्पनीको आगामी फ्ल्यागशिप स्मार्टफोनको बारेमा कुरा गर्दा, रेड म्याजिक ७ सिरिज, नूबिया जेड ४० सिरिज र जेडटिई एक्जोन ४० सिरिज अर्को वर्ष ल्याइनेछ।
यी मध्ये, रेड म्याजिक ७ चिनियाँ प्रमाणीकरण साइट थ्रीसीमा स्पट गरिएको छ, जहाँ फोनको चार्जिंग सुविधाको बारेमा जानकारी खुलासा गरिएको छ।
एक टिप्सटरले रेड म्याजिक ७ को लिस्टिङ विवरण साझा गर्दै यो फोनमा १६५ फास्ट चार्जिङ सुविधाको साथ आउने जानकारी दिए। पोष्टका अनुसार फोन मोडल नम्बर NX679J सँग लिस्ट गरिएको छ। फोनमा क्वालकम स्न्यापड्रागन ८ जेन १ प्रोसेसर हुनेछ। साथै, यसको चार्जरले २० भोल्ट ८.२५ एम्पियरदेखि १६५ वाटसम्म समर्थन गर्नेछ।
यस गेमिङ स्मार्टफोनमा १६५ हर्ट्ज रिफ्रेस रेट भएको ओएलईडी डिस्प्ले प्यानल पाउन सकिन्छ। साथै, फोनले १६ जीबीको र्याम समर्थन गर्न सक्छ। यति मात्र होइन, रेड म्याजिक ७ सिरिजको फोनमा ६४ एमपी क्यामरा दिइनेछ। कम्पनीले रेड म्याजिक ७ र रेड म्याजिक ७ प्रो फोनहरू यस श्रृंखलामा लन्च गर्न सक्नेछ।
प्रकाशित: १७ मंसिर २०७८, शुक्रबार