ZTE

जेडटीईको गेमिङ स्मार्टफोन नुबिया नियो ५ जीटी ५जी नेपालमा उपलब्ध, अब शून्य ब्याजदरको ईएमआई सुविधामा उपलब्ध

जेडटीईको गेमिङ स्मार्टफोन नुबिया नियो ५ जीटी ५जी नेपालमा उपलब्ध, अब शून्य ब्याजदरको ईएमआई सुविधामा उपलब्ध
Global IME Bank

ग्लोबल टेक्नोलोजी कम्पनी जेडटीईले आफ्नो नयाँ गेमिङ स्मार्टफोन नुबिया नियो ५ जीटी ५जी नेपाली बजारमा सार्वजनिक गरेको छ। नुबिया नियो सिरिजअन्तर्गतको यो नयाँ स्मार्टफोन विशेषगरी नयाँ पुस्ताका मोबाइल गेमरहरूलाई लक्षित गरी डिजाइन गरिएको कम्पनीले जनाएको छ।

फ्ल्यागशिप स्तरका गेमिङ फिचर, उन्नत कुलिङ प्रणाली तथा शक्तिशाली ब्याट्री क्षमतासहित यस स्मार्टफोनले उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने कम्पनीले जनाएको छ ।

हाइ स्पिड र उत्कृष्ट प्रदर्शन चाहने प्रयोगकर्तालाई लक्षित गरी तयार गरिएको नुबिया नियो ५ जीटी ५जी मा १.५के १४४ हर्ज गेमिङ डिस्प्ले, ५५० हर्ज नियो ट्रिगर्स ५.०, गेमिंग इण्डस्ट्रिमै पहिलो पटक प्रयोग गरिएको बिल्ट–इन कुलिङ फ्यान, तथा ८० वाट फास्ट चार्जिङसहितको ६,२१० एमएएच डुअल–सेल ब्याट्री उपलब्ध छ।

यी विशेषताले लामो समयसम्म स्मुथ गेम प्ले, प्रभावकारी हिट म्यानेजमेन्ट तथा अविरल गेमिङ अनुभव सुनिश्चित गर्ने कम्पनीको दावी छ।

लन्चका अवसरमा जेडटीई नेपालका प्रमुख कार्यकारी अधिकृत सबिन श्रेष्ठले भने, “नुबिया नियो ५ जीटी ५जी नेपालका बढ्दो मोबाइल गेमर समुदायलाई उत्कृष्ट गेमिङ अनुभव प्रदान गर्ने उद्देश्यले विकास गरिएको स्मार्टफोन हो। अत्याधुनिक कुलिङ प्रणाली, छिटो प्रतिक्रिया दिने कन्ट्रोल तथा शक्तिशाली ब्याट्रीका साथ यसले उचित मूल्यमा प्रिमियम गेमिङ अनुभव प्रदान गर्नेछ भन्नेमा हामी विश्वस्त छौं।”

त्यसैगरी शंकर ग्रुप तथा जगदम्बा मोबाइल्सका कार्यकारी निर्देशक सक्षम जटियाले भने, “नेपालमा नुबिया नियो ५ जीटी ५जी सार्वजनिक गर्न पाउँदा हामी उत्साहित छौं। गेमिङ स्मार्टफोनको बढ्दो मागलाई ध्यानमा राख्दै यस स्मार्टफोनले नेपाली उपभोक्तालाई नवीन प्रविधि, उच्च प्रदर्शन र उत्कृष्ट मूल्यको संयोजन प्रदान गर्नेछ भन्ने हाम्रो विश्वास छ।”

१२ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध नुबिया नियो ५ जीटी ५जी को मूल्य रु. ७७,९९९ निर्धारण गरिएको छ। यो स्मार्टफोन नेपालभर जगदम्बा मोबाइल्स प्रा. लि. मार्फत उपलब्ध हुनेछ। साथै ग्राहकहरूले शून्य प्रतिशत ब्याजदरको ईएमआई सुविधा मार्फत पनि यो स्मार्टफोन खरिद गर्न सक्नेछन्।

यसै महिनाको सुरुवातमा जेडटिईले नुबिया नियो ५ ५जी पनि नेपाली बजारमा सार्वजनिक गरेको थियो। ८ जीबी र्याम र २५६ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध यस स्मार्टफोनको मूल्य रु. ५५,९९९ रहेको छ।

युनिसोक टी९३०० अल्टिमेट (६ एनएम) चिपसेट, ६.८ इन्चको १२० हट्र्ज आईपीएस एलसीडी डिस्प्ले, म्याजिक टच ३.०, ५५० हट्र्ज नियो ट्रिगर्स ५.०, २०,००० वर्ग मिलिमिटर मल्टिलेयर कुलिङ सिस्टम, ५० मेगापिक्सेल एआई डुअल रियर क्यामरा, १६ मेगापिक्सेल फ्रन्ट क्यामेरा तथा ४५ वाट बाइपास चार्जिङसहितको ६,०५० एमएएच ब्याट्री जस्ता विशेषताले यस स्मार्टफोनलाई गेमिङ पारखीहरूका लागि उत्कृष्ट विकल्प बनाएको कम्पनीको भनाइ छ।

त्यसैगरी जेडटीईले यसअघि नेपाली बजारमा विश्वकै उत्कृष्ट गेमिङ स्मार्टफोनहरूमध्ये एक मानिने रेडम्याजिक ११ प्रो पनि सार्वजनिक गरिसकेको छ, जसले नेपाली गेमरहरू तथा आम प्रयोगकर्ताबाट अत्यन्त सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ।

नुबिया नियो ५ ५जी, रेडम्याजिक ११ प्रो तथा नयाँ नुबिया नियो ५ जीटी ५जी को सार्वजनिकसँगै जेडटीईले नेपालमा आफ्नो गेमिङ स्मार्टफोन पोर्टफोलियोलाई थप सुदृढ बनाउँदै अत्याधुनिक गेमिङ प्रविधि तथा उच्च प्रदर्शनयुक्त स्मार्टफोनहरूलाई अझ व्यापक प्रयोगकर्तामाझ पहुँचयोग्य बनाउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिएको छ।

Sajilo Visa
easy care