
काठमाडौं ।
अन्तरीक्ष सम्बन्धि गतिविधि र नेपाली युवाहरुले त्यसको बारेमा गरेका कार्यहरुको जानकारी दिने उदेश्यले आयोजित ‘स्पेस टेक इनोभेसन २०२१’ प्रदर्शनी २० हजार भन्दा धेरैले अवलोकन गरेका छन् ।
युथ फर नेशनद्धारा राजधानीको शंङ्खपार्कमा मंगलबार र बुधबार दुई दिन आयोजित प्रदर्शनीमा नेपाली युवा अनुसन्धानकर्मीहरुले तयार पारेको रकेट, स्याटेलाईट, अन्तरीक्ष एवं खगोल विज्ञानसँग सम्बन्धित उपकरणहरूका साथसाथै सफ्टवेयर र हार्डवेयरहरु राखिएका थिए।

कार्यक्रममा अन्तरीक्ष सम्बन्धि विज्ञान र प्रविधि सम्बन्धि चासो राख्ने संघसंस्थाका प्रतिनिधि सहित राजधानीका २ दर्जन भन्दा धेरै सामुदायिक एवं निजी स्कुल कलेजका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।


प्रकाशित: १६ मंसिर २०७८, बिहीबार