नयाँ रेडमी के५० सिरिजमा एमआईयूआई १३ प्रि-इन्स्टल भएर आउने

  • Technology Khabar | १४ मंसिर २०७८, मंगलवार
नयाँ रेडमी के५० सिरिजमा एमआईयूआई १३ प्रि-इन्स्टल भएर आउने

काठमाडौं ।

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले यसै वर्षको अन्त्यसम्ममा सार्वजनिक गर्ने भनिएको रेडमी के५० स्मार्टफोनमा एमआईयूआई १३ प्रि-इन्स्टल भएर आउने भएको छ।

यो स्मार्टफोन शाओमी १२ फ्ल्यागशिपकै हाराहारीमा आउने अपेक्षा गरिएको छ भने हालैका रिपोर्ट अनुसार यसमा एमआईयूआई प्रि-इन्स्टल भएर आउने प्रबल सम्भावना रहेको हो।

भरपर्दा चिनियाँ लिकस्टर डिजिटल च्याट स्टेशनले हालै आफ्नो वेबो एकाउन्टमा रेडमी के५० मा मिडियाटेकको डाइमेन्सिटी ७००० र ९००० चिपसेट प्रयोग हुने पनि दावी गरेका छन्।

उनका अनुसार यो सेटमा प्रयोग गरिने चिपसेटको कार्यक्षमता क्वालकमको स्न्यापड्रागन ८ जेन१ चिपसेटयुक्त रेडमीका अन्य सेटको तुलनामा कम हुनेछ।

प्रकाशित: १४ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार