नयाँ ट्याब्लेट र स्मार्ट टीभीमा काम गर्दै जियो, २०२२ मा सार्वजनिक गर्ने

  • Technology Khabar | १४ मंसिर २०७८, मंगलवार
नयाँ ट्याब्लेट र स्मार्ट टीभीमा काम गर्दै जियो, २०२२ मा सार्वजनिक गर्ने

काठमाडौं ।

भारतीय दूरसञ्चार सेवा प्रदायक रिलायन्स जियोले सन् २०२२ मा सार्वजनिक गर्नेगरी ट्यबालेट र टीभीमा काम गरिरहेको बुझिएको छ।

गत अक्टोबरमा कम्पनीले भारतमा आफ्नो सबैभन्दा जियोफोन नेक्स्ट स्मार्टफोन सार्वजनिक गरेको थियो। अब भने कम्पनी स्मार्टफोनबाट अलि फरक कन्जुमर इलेक्ट्रोनिक्स ट्याब्लेट तथा टीभी निर्माणमा लागेको बताइएको छ।

९१मोबाइल्सको रिपोर्ट अनुसार टिप्सटर मुकुल शर्माले रिलायन्स जियोले जियो ट्याब्लेट तथा जियो टीभीमा काम गरिरहेको र ती डिभाइस आउँदो  वर्ष सार्वजनिक गर्ने तथ्य बाहिर ल्याएका हुन्।

यी दुई उत्पादनबाहेक कम्पनीले ल्यापटप पनि ल्याउने तयारी गरिरहेको चर्चा केही समय अगाडि चलेको थियो। ती लिकस्टरले ट्याब्लेट र टीभीको काम भइरहेको बताए पनि थप विवरण भने खुलाएका छैनन्।

उक्त ट्याब्लेट प्रगतिओएस नामक अपरेटिङ सिस्टममा चल्ने तथा टीभीले ओटीटी एप सपोर्ट गर्ने बताइएको छ।

प्रकाशित: १४ मंसिर २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार