मोबाइल गेम पब्जीमा पैसा बगाउँदै खेलाडीहरू, अहिलेसम्म विश्वभर ७ अर्ब डलर भन्दा बढी खर्च गरे

  • Technology Khabar | १३ मंसिर २०७८, सोमबार
मोबाइल गेम पब्जीमा पैसा बगाउँदै खेलाडीहरू, अहिलेसम्म विश्वभर ७ अर्ब डलर भन्दा बढी खर्च गरे

काठमाडौं ।

पब्जी संसारमा सबैभन्दा धेरै खेलिने ब्याटल रोयल गेम हो। यसको लोकप्रियता लगातार बढिरहेको छ। रमाइलो, टाइमपास र थ्रिलका लागि खेलिने यो खेलमा खेलाडीहरूले पनि धेरै पैसा खर्च गरिरहेका छन् ।

एक रिपोर्टका अनुसार अहिलेसम्म यो गेममा विश्वभर मानिसहरूले करिब ७ अर्ब डलर खर्च गरिसकेका छन्।

प्ले स्टोर र एप स्टोरको आधारमा सेन्सर टावरले यस गेमिङ एपको वर्ल्डवाइड डाटा जारी गरेको हो । यो रिपोर्टमा भनिएको छ कि पब्जी गेमले २०२१ को तेस्रो त्रैमासिकमा मात्र ७७ करोड १० लाख डलर कमाएको छ। यो कमाईको डाटा खेलाडीहरुबाट प्राप्त आय को हो। यदि हामीले दैनिक आधारमा यो कमाईको आंकडालाई हेर्यौं भने, यो दैनिक औसत ८१ लाख डलर हो।

उच्चतम एप स्टोर आय

रिपोर्टका अनुसार यस कमाईको तथ्यांकमा थर्ड पार्टी एन्ड्रोइड एप्सलाई राखिएको छैन्। यसमा एप स्टोर र प्ले स्टोरको डाटा मात्र लिइएको छ।

प्लेटफर्मको हिसाबले कुल कमाईमा एप स्टोरको सबैभन्दा बढी सेयर छ। कम्पनीले चीन बाहिर एप स्टोरमार्फत ५६.६ प्रतिशत आम्दानी गरेको छ । योसँगै गुगल प्ले स्टोरबाट हुने आम्दानीको शेयर ४३.४ प्रतिशत रहेको छ।

कुन देशमा कति आम्दानी

पब्जीले विश्वमा सबैभन्दा धेरै रकम चीनबाट कमाएको छ। रिपोर्टका अनुसार यो गेमले चीनबाट करिब ४ अर्ब डलर कमाएको छ। अर्थात् यो कुल आम्दानीको ५७ प्रतिशत हो । यसपछि सबैभन्दा धेरै कमाई अमेरिकामा भएको छ। यहाँ कम्पनीले कुल आम्दानीको ११ दशमलव ८ प्रतिशत सेयर पाएको छ। जापान ४.२ प्रतिशत शेयरसहित तेस्रो नम्बरमा छ।

प्रकाशित: १३ मंसिर २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

बजाजको चाडपर्व विशेष योजना सार्वजनिक

  • Technology Khabar
  • १३ मंसिर २०७८, सोमबार