
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्रान्ड भिभोले स्न्यापड्रागन ८७० चिपसेटयुक्त ट्याब्लेट ल्याउने संकेत देखिएको छ।
हुन त गत जनवरीमै यो ब्रान्डले आफ्नो पहिलो ट्याब्लेटको घोषणा गरे पनि त्यसले मूर्तरुप लिन सकेको थिएन।
तर अगस्टमा आएर भिभोका उपाध्यक्षले कम्पनीले आगामी सन् २०२२ को पहिलो ६ महिनाभित्र ट्याब्लेट सार्वजनिक गर्ने बताएका थिए। यस हसाबले सन् २०२२ को जनवरीदेखि जुनसम्ममा भिभोको ट्याब्लेट आउने अपेक्षा गर्न सकिन्छ।

यसका बारेमा धेरै विवरण आउन बाँकी रहे पनि भरपर्दा टिपस्टर डिजिटल च्याट स्टेशनका अनुसार यो डिभाइसमा स्न्यापड्रागन ८७० चिपसेट रहनेछ। तर उनले भिभोको पहिलो ट्याब्लेटमा यो फिचर रहने वा अर्को कुनै ट्याब्लेटमा भन्ने स्पष्ट पारेका छैनन्।
भिभोको आउँदै गरेको भनिएको उक्त ट्याब्लेटको नाम पनि बताइएको छैन। तर कम्पनीले यूरोपियन इन्टेलेक्चुअल प्रोपर्टी अफिस ईयूआईपीओमा गत जुनमा क्लास ९ अन्तर्गत भिभो प्याडको ट्रेडमार्क दर्ता गराएको थियो। क्लास ९ क्याटेगरीमा पीडीए तथा ट्याब्लेट कम्प्युटरहरु पर्ने गर्छन्।
हालै टीयूभी नामक वेबसाइटमा आए अनुसार भिभवको ट्याब्लेटमा ८ हजा। ४० एमएएच क्षमताको ब्याट्री उपलब्ध हुनेछ।
प्रकाशित: १३ मंसिर २०७८, सोमबार