
काठमाडौं ।
नेपाल विद्युत प्राधिकरणको बुटवल-शिवपुर १३२ केभी प्रशारण लाइनमा भएको अप्टिकल फाईबर लिंकमा अवरोध आएको छ।
प्राधिकरणले सो प्रशारण लाइन खण्डको बीचमा बन्दै गरेको मोतिपुर सबस्टेशनमा कण्डक्टर तथा अप्टिकल फाईबर ‘लाइन इन लाइन आउट’ गर्ने कार्यको लागि सो अप्टिकल फाइबल लिंकमा अवरोध आएको हो।
प्राधिकरणका प्रणाली संचालन विभागका प्रमुख तथा प्रवक्ता सुरेश बहादुर भट्टराईले सो बारेमा आफ्नो सेवा लिने टेलिकम कम्पनीहरु, इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई पत्र पठाउँदै जानकारी दिएका छन्।
सो लिंकमा अवरोध यहि मंसिर ८ गतेदेखि लगातार ५ दिनसम्म हुने बताईएको छ।
यसका साथै सो कार्य हुने दिन र समयमा कम्पनीका प्राविधिकहरु समेत उपलब्ध गराई दिन भनिएको छ।
प्रकाशित: १० मंसिर २०७८, शुक्रबार