तेस्रो लिङ्गी सामग्रीबारे उजुरी परेपछि रुसले नेटफ्लिक्समाथि छानबिन गर्ने

  • Technology Khabar | १० मंसिर २०७८, शुक्रबार
तेस्रो लिङ्गी सामग्रीबारे उजुरी परेपछि रुसले नेटफ्लिक्समाथि छानबिन गर्ने

काठमाडौं ।

परिवार सुरक्षाका अधिकारीले रुसको ‘गे प्रोपागान्डा’ कानून उल्लङघन गरेको आरोप लगाएपछि रुसले स्ट्रिमिङ कम्पनी नेटफ्लिक्समाथि छानबिन गर्ने भएको छ।

रुसको बेडोमोस्टी नामक दैनिकले नेटफ्लिक्सले प्रसारण गरेको तेस्रो लिङ्गीसम्बन्धी सामग्रीका बारेमा उक्त समुदायबाट गुनासो आएकाले छानबिनका लागि सिफारिस गरिएको उल्लेख गरेको छ।

परिवार सुरक्षा अधिकारी ओल्गा बारानेट्सले नेटफ्लिक्सले २०१३ को ’१६+ लेभल लागेका तेस्रो लिङ्गीसम्बन्धी सिरिज १८ वर्षमुनिका रुसीहरुसमक्ष प्रस्तुत गर्दा गैर-परम्परागत यैनिक सम्बन्धबारे प्रोपागान्डा फैलाउन नहुने’ कानूनको उल्लङ्घन गरेको भन्दै आन्तरिक मन्त्रालयमा गुनासो गरेकी थिइन्।

उनको अपिल आन्तरिक मन्त्रालयको मस्को विभागले हेरिरहेको बेडोमास्टीले बुधबार एक स्रोतलाई उल्लेख गर्दै छापेको छ।

नेटफ्लिक्सले भने यसबारेमा कुनै टिप्पणी गरेको छैन। उक्त आरोप प्रमाणसत भएमा अमेरिकी कम्पनी नेटफलिक्सले १० लाख रुबल अर्थात् १३ हजार ४०० डलर वा रुसमा सेवा दिनबाट अस्थायी प्रतिबन्धको सजायँ समेत भोग्नुपर्ने हुन सक्छ।

प्रकाशित: १० मंसिर २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

के यो संसारको सबैभन्दा सानो कार हो?

  • Technology Khabar
  • १० मंसिर २०७८, शुक्रबार