
काठमाडौं ।
शाओमीले आफ्नो पहिलो कार सन् २०२४ को पहिलो त्रैमासमा ल्याउने भएको छ। यसै हप्ता शाओमीले आफ्नो चालु आर्थिक रिपोर्ट जारी गरेको थियो।
रिपोर्ट अनुसार कम्पनीको अनुसन्धान तथा विकास विभागमा हाल १३ हजार ९१९ जना रहेका र तीमध्ये ५ सय जना कार प्रोजेक्टमा काम काम गरिरहेको बुझिएको छ।
यसैगरी लगभग १४ हजार सदस्यसहितको बलियो अनुसन्धान ताथ विकास टोली रहेको विभागमा कम्पनीका समग्रमध्ये ४४ प्रतिशत कर्मचारी रहेका छन्।
यसअघि शाओमीले आफ्नो पहिलो अटोमोबाइल यूनिट दर्ता गरेको र यसलाई सीईओ लेइ जुनले ३०० कर्मचारीसहित नेतृत्व गर्ने चर्चा चलेको थियो।
भर्खरै स्थापित स्मार्ट विद्युतीय सवारी व्यवसाय पूर्णरुपमा कम्पनीकै स्वामित्वमा रहेको छ भने अर्को एउटा अटोमोबाइल यूनिट पनि २ दिन अघि स्थापना गरिएको छ।
रिपोर्टमा कम्पनीको ईभी व्यवसायले विस्तारै प्रगति गरिरहेको पहिलो पटक कारको बृहत् उत्पादन सन् २०२४ को पूर्वार्द्धसम्म गरिने जनाइएको छ।
प्रकाशित: ९ मंसिर २०७८, बिहीबार