अमेजन र एप्पल माथि इटालीमा २० करोड यूरो जरिवाना

  • Technology Khabar | ८ मंसिर २०७८, बुधबार
अमेजन र एप्पल माथि इटालीमा २० करोड यूरो जरिवाना

काठमाडौं ।

इटालीको बजार अनुगमनकारी संस्थाले अमेरिकी प्रविधि कम्पनी अमेजन डट कम इंक र एप्पल इंक माथि २० करोड यूरो (२२.५ करोड अमेरिकी डलर) जरिवाना लगाएको छ ।

इटालीले एप्पल र बिट्सका उत्पादन बिक्री गर्नका लागि बजार एकाधिकार कायम गर्न सहकार्य गरेको भन्दै सो रकम जरीवाना गरेको हो।

सन् २०१८ मा गरिएको एक सम्झौताले अमेजन इटालीमा सिमित बिक्रेताहरुलाई मात्र ति उत्पादन बिक्री गर्न अधिकार दिएको नियमनकारीले भनेको छ।यो स्पष्टरुपमा युरोपेली कानूनको उलंघन भएको ठहर गरेकोछ।

इटालिको सो संस्थाले एप्पललाई एउटा सम्झौतामा अनियमितता गरेको आरोपमा १३ करोड ४५ लाख यूरो र अमेजनलाई ६ करोड ८७ लाख यूरो तिर्ने निर्देशन दिएको हो।

‘एप्पल र बिट्स उत्पादनको आधिकारिक र अनौपचारिक विक्रेतालाई तत्कालका लागि अमेजनमार्फत् काम गर्न पनि रोकेको छ।

इटालीको बजारमा ती उत्पादनको बिक्रीलाई केवल अमेजन र चयन गरिएका पक्षहरूलाई भेदभावपूर्ण ढंगमा अनुमति दिएको पुनः विक्रेतामाथि आरोप लागेको छ।

दुबै कम्पनीहरुले सो निर्णयका विरुद्ध अपिल गर्ने जनाएका छन्। एजेन्सीहरु

प्रकाशित: ८ मंसिर २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...