टिसिएल टिभिको यूरो कपका लागि क्यास ब्याक अफर

Technology Khabar ३१ जेष्ठ २०७३, सोमबार

काठमाडौं ।

काठमाडौं, ३२ जेठ । यूरो कप २०१६ भव्य उत्साहका साथ सुरु भएको छ । त्यही उत्साहलाई मध्यनजर गर्दै टिसिएल ब्राण्डले तेस्रो पटक पनि क्यास ब्याक अफरलाई निरन्तरता दिएको छ ।

यो ब्राण्डको सबै प्रकारका १९ इन्चको एल्.इ.डी. टिभिदेखि ५५ इन्चको कर्भ्ड एल्.इ.डी. टिभि खरिद गर्ने सम्पूर्ण ग्राहक महानुभावहरुले रु.२,२०० देखि रु.२२,५०० सम्म नगद प्राप्त गर्न सक्ने बताईएको छ ।TCL for PR euro

टिसिएलका कन्ट्री सेल्स म्यानेजरले भने–“नेपाली दर्शकहरुको जति फुटबल प्रति लगाव छ, म आफु स्वयं पनि फुटबल प्रति त्यतिनै चाख राख्दछु र उच्च गुणस्तरको सुविधा भएको टिसिएलमार्फत खेल हेर्नको लागि सुझाव दिन्छु ।”

यो अफर जेठ ३० गतेदेखि नेपालभर सिमित अवधिको लागि मात्र लागू गरिएको कम्पनीले जनाएको छ । यो योजना टिसिएलका सबै आउट्लेटहरुमा उपलव्ध रहेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित: ३१ जेष्ठ २०७३, सोमबार

तपाइको प्रतिक्रिया