पहिलो ‘बिटक्वाइन सिटी’ खोल्ने एल साल्भाडोरको योजना

  • Technology Khabar | ५ मंसिर २०७८, आईतवार
पहिलो ‘बिटक्वाइन सिटी’ खोल्ने एल साल्भाडोरको योजना

काठमाडौं ।

एल साल्भाडोरले बिटक्वाइन बन्डको आर्थिक सहयोगमा विश्वको पहिलो बिटक्वाइन सिटी बनाउने योजना बनाएको छ।

राष्ट्रपति नयिब बुकेलेले शनिबार आफ्नो देशमा लगानीलाई बढावा दिनका लागि क्रिप्टोकरेन्सीलाई अझ प्रश्रय दिने उद्देश्यले यस्तो निर्णय गरिएको बताएका हुन्।

एउटा सप्ताहव्यापी इभेन्टको समापनमा बोल्दै राष्ट्रपति बुकेलेले ला यूनियनको पूर्वी क्षेत्रमा रहेको शहरमा ज्वालामुखीबाट आएको जियोथर्मल पावर प्रदान गरिने साथै उक्त क्षेत्रमा भ्याटबाहेकका अन्य कर नलगाइने बताए।

‘यहाँ लगानी गरेर आफूलाई चाहिएको रकम पाउनुहोस्,’ बुकेलेले भने, ‘यो पूर्णरुपमा पर्यावरणीय गाउँ रहेको र यहाँ ज्वालामुखीमा आधारित उर्जाको प्रयोग हुनेछ।’

उक्त सिटी बनाउनका लागि भ्याटबाट उठाइएको रकमको आधा फोहर संकलनका लागि खर्च गरिने बताउँदै बुकेलेले सार्वजनिक पूर्वाधारका लागि ३ लाख बिटक्वाइन आवश्यक पर्ने पनि जानकारी दिए।

प्रकाशित: ५ मंसिर २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार