Technology Khabar २३ जेष्ठ २०७३, आईतवार
काठमाडौं ।
काठमाण्डौं, २३ जेठ । रिलायन्स रिटेलले आफ्नो नयाँ ब्राण्ड एलवाईएफ ब्राण्डको स्मार्टफोन फ्लेम ६ सार्वजनिक गरेको छ । यो स्मार्टफोन कम्पनीको आधिकारिक वेबसाइटमा लिस्टेड भएको छ ।
भारतीय कम्पनील रिलायन्स ग्रुप अन्तरगतको रिलायन्स रिटेलले यसअघि नै एलवाईएफ ब्राण्डको फ्लेम ३ तथा फ्लेम ४ बजेट स्मार्टफोन सार्वजनिक गरीसकेको छ । यहि बजेट सिरिजअन्रतगतको नयाँ फोन फ्लेम ६ भारतीय बजारमा ल्याएको हो ।
एफवाईएफ फ्लेम ६ स्मार्टफोनमा ४ इन्चको डिस्प्ले राखिएको छ, जसको रियोल्यूशन ४८०x८०० पिक्सेल रहेको छ । यो फोनमा १.५ गीगाहर्जको क्वाड कोर प्रोसेसर छ भने ५१२ जीबीको र्याम राखिएको छ । फ्लेम सिरिजको यो स्मार्टफोनमा ४ जीबीको स्टोरेज राखिएको छ, जसलाई बढाएर ३२ जीबीसम्म पुर्याउन सकिन्छ ।
यो स्मार्टफोनमा २ मेगापिक्सेलको रियर क्यामरा तथा २ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । एन्ड्रोयडको ललीपप ५.१ भर्सनमा आधारित यो फोनमा ड्यूल सिम सपोर्ट गर्दछ । यो फोनको सबैभन्दा महत्वपूर्ण पक्ष भनेको यसको दुबै सिममा फोरजी सपोर्ट गर्दछ । तर एक पटक प्रयोगमा केबल एउटा सिम मात्र फोरजी प्रयोग गर्न सकिन्छ ।
एलवाईएफ फ्लेम ६ स्मार्टफोनमा कनेक्टिभिटीका लागि फोरजी, वाईफाई, एफएम रेडियो, ब्लूटूथ, यूएसबीलगायतका फीचर राखिएका छन् ।
रिलायन्स रिटेलको यो फोन अफलाइन स्टोर्समा पनि उपलब्ध हुनेछ । भारतीय बजारमा यो स्मार्टफोनको मूल्य भारु ३,९९९/- रुपैंया तोकिएको छ ।
प्रकाशित: २३ जेष्ठ २०७३, आईतवार