
काठमाडौं ।
भिडियो सेयरिङ प्लेटफर्म युट्युबले भिडियोको ‘डिस्लाइक’ संख्यालाई प्राइभेट बनाउने भएको छ। गुगलको स्वामित्वमा रहेको युट्युबले डिस्लाइकको अप्सन नहटाउने तर त्यसमा देखिने संख्या भने प्राइभेट गर्ने घोषणा गरेको हो । यसको अर्थ अब मानिसहरुले कुनै पनि भिडियोमा डिसलाइक काउन्ट देख्ने छैनन्।
हाल युट्युबमा अपलोड गरेका सबै भिडियोहरुमा लाइक र डिस्लाइकका सबै संख्या सार्वजनिक रूपमा देखिने गरेको छ। त्यसलाई अब युट्युबले परिवर्तन गरेको हो।
प्रयोकर्ताले डिस्लाइक गर्दा गुगलको रिकमेन्डेसन एल्गोरिदमलाई जानकारी हुन्छ। त्यसैले डिस्लाइक नै गर्ने विकल्प भने नहटाउने भएको छ।
नयाँ परिवर्तन पछि भिडियोमा कतिजनाले डिस्लाइक गरेका छन् भनेर भिडियो अपलोड गर्ने र कन्टेन्ट क्रिएट गर्नेले मात्रै देख्न पाउनेछन्।प्रयोगकर्तालाई यदि कुनै भिडियो मन परेको छैन भने उनीहरुले अहिले पनि डिस्लाइक बटन ट्याप गर्न सक्छन्।
युट्युब क्रियटर्सले युट्युब स्टुडियोको भिडियोको परफर्मेन्सका साथै डिसलाइक काउन्ट पनि हेर्न सक्नेछन्।
कम्पनीका अनुसार साना क्रिएटर्स र ती मानिसहरु जसले यो प्लेटफर्ममा सुरुवात गरिरहेका छन् उनीहरुलाई डिस्लाइक अट्याकमार्फत् गलत तरिकाले टार्गेट गरिने हुँदा त्यसबाट बचाउन यस्तो गरिएको हो ।
युट्युबका अनुसार यो निर्णय एक अध्ययनको नतिजापछि लिइएको हो । डिस्लाइकको संख्या नदेखाएपछि कसैले लाइकभन्दा डिस्लाइक धेरै बनाउनका लागि नियोजित रूपमा क्याम्पेनिङ गर्न पाउने छैनन् । एजेन्सीहरु
प्रकाशित: २५ कार्तिक २०७८, बिहीबार