एपिक गेम्ससँगको मुद्दामा इन-एप भुक्तानी सम्बन्धमा अदालतको फैसला मान्न एप्पललाई आदेश

  • Technology Khabar | २५ कार्तिक २०७८, बिहीबार
एपिक गेम्ससँगको मुद्दामा इन-एप भुक्तानी सम्बन्धमा अदालतको फैसला मान्न एप्पललाई आदेश

काठमाडौं ।

अमेरिकाको एक संघीय न्यायाधीशले एपिक गेम्ससँगको मुद्दाका सम्बन्धमा इन एप भुक्तानी सम्बन्धी अदालतको फैसला मान्न एप्पललाई आदेश दिएका छन्।

उनले एप्पलले इएपिक गेम्ससँगको मुद्दामा यसअघि नै अदालतले एप स्टोर नीति अपडेट गर्न ढिलाइ गर्न नहुने फैसला मान्नबाट इन्कार गर्न नहुने बताएका हुन्।

उक्त मुद्दा न्यायाधीशले एपिक गेम्सले भने झैं एप्पलले एकलोटी नगरेको ठहर गरेपछि जिते पनि अदालतले इन-एप पर्चेजमा रहेको नीतिमा परिमार्जन गर्न भने आदेश पाएको थियो।

अदालतको मुख्य फैसलामा एप्पलले अबदेखि डेभलपरहरुलाई एप्पलकै भुक्तानी सेवाबाहेकका भुक्तानी प्रणालीमार्फत् कारोबार गर्न रोक्न नसक्ने उल्लेख गरिएको थियो। तर एप्पलले आफ्नो पुनरावलोकन मुद्दाको फैसला नआउन्जेलका लागि स्थागित गर्न आग्रह गरेको थियो।

विशेषगरी यसै वर्षको सेप्टेम्बर १० मा अमेरिकाको जिल्ला अदालतका न्यायाधीश योन्ने गोन्जालेज रोजर्सले एपिक गेम्सको प्रतिस्पर्धाविरोधी मुद्दामा एप्पलले डेभलपरहरुलाई उनीहरुका एप, मेटाडाटा बटन, बाहिरी लिंक तथा उपभोक्तालाई खरिद प्रणालीतिर निर्देशित गर्ने संयन्त्रका साथै इन-एप पर्चेजमा रोक लगाउन नसक्ने फैसला सुनाएका थिए।

प्रकाशित: २५ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • २५ कार्तिक २०७८, बिहीबार