वनप्लस १० प्रो को फोटो लीक, शानदार लूक्स तथा आकर्षक फिचरहरु उपलब्ध हुने

  • Technology Khabar | २५ कार्तिक २०७८, बिहीबार
वनप्लस १० प्रो को फोटो लीक, शानदार लूक्स तथा आकर्षक फिचरहरु उपलब्ध हुने

काठमाडौं ।

वनप्लसले छिट्टै वनप्लस १० सिरिज सार्वजनिक गर्न सक्ने बुझिएको छ। हालैका केही चर्चाहरुका अनुसार उक्त डिभाइस २०२२ को पहवलो त्रैमासभित्रै बजारमा आइसक्ने आकलन गरिएको छ।

चर्चित टिप्स्टर अनलीक्सले हालै वनप्लस १० प्रो का केही हाई-रेजोल्यूशन फोटोहरु लीक गरेको छ। यदि यी विवरणहरु सही सावित भएको खण्डमा उक्त डिभाइसको पछाडिपट्टि ५४ मेगापिक्सेलको मुख्यसहित ट्रिपल क्यामरा सेटअप दिइनेछ।

वनप्लस १० प्रो मा इन-डिस्प्ले फिगरप्रिन्ट सेन्सर रहनसक्ने तथा ब्याक टेक्सचर फिनिस र मेटल बडीमा आउने बताइएको छ।

जानकारी अनुसार वनप्लस १० प्रो मा १२० हर्ज रिफ्रेश रेटसहितको ६.७ इन्चको डिस्पले रहन सक्ने साथै पावरका लागि ५००० एमएएच क्षमताको ब्याट्री राखिएको हुनेछ।

प्रोसेसरका हिसाबले यसमा स्न्यापड्रागन ८९८ चिपसेट रहने बुझिएको छ।

प्रकाशित: २५ कार्तिक २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...