
काठमाडौं ।
ट्विटरले ट्विटर ब्लू नामक प्रिमियम सेवा शुरुवात गर्ने भएको छ। उक्त सेवालिएपछि यूजरले वेबसाइट तथा एपहरुमा अतिरिक्त फिचरहरु प्राप्त गर्ने बुझिएको छ।
हाल अमेरिका तथा न्यूजिल्यान्डमा उपलब्ध यो सुविधाका लागि यूजरहरुले मासिक २.९९ अमेरिकी डलर तथा ४.४९ न्यूजिल्यान्ड डलर तिर्नुपर्ने हुन्छ।
यसमा पाइने एउटा नयाँ फिचर विज्ञापनरहित लेखहरु पढ्न पाउनु हो। यसका लागि ट्विटरले अमेरिकामा रहेका वाशिङ्टन पोस्ट, एलए टाइम्स, यूएसए टुडे, द एटलान्टिक, रोयटर्स, द डेली बीस्ट, रोलिङ स्टोन, बजफीड, इन्साइडर तथा द हलिउड रिपोर्टरजस्ता प्रकाशकहरुसँग साझेदारी गरेको छ।
यी सेवाहरुमध्ये कुनै एकको लिंकमा क्लिक गरेपछि छिट्टै लोड हुने र विज्ञापनरहित लेखका पेजहरु खुल्छन्। यसरी हरेक पटक क्लिक गर्दा केही रकम सम्बन्धित प्रकाशकले पाउँछन्।
प्रकाशित: २५ कार्तिक २०७८, बिहीबार