डीआरएम ‘कम्प्याटिबल’ नभएका कारण ५० भन्दा बढी गेम प्रभावित: इन्टेल

  • Technology Khabar | २३ कार्तिक २०७८, मंगलवार
डीआरएम ‘कम्प्याटिबल’ नभएका कारण ५० भन्दा बढी गेम प्रभावित: इन्टेल

काठमाडौं ।

अमेरिकी चिप निर्माता कम्पनी इन्टेलले १२ औं जेनेरेशन कोरको एल्डर लेक प्रोसेसरमा आधारित पर्सनल कम्प्युटरमा डिजिटल राइट्स म्यानेजमेन्ट अर्थात् डीआरएमसँत तादात्म्य नमिलेका कारण एन्थम, ब्रेभली डिफल्ट २ लगायतका ५० भन्दा बढी गेमहरुमा समस्या आइरहेको बताएको छ।

केही तेस्रो पक्षका गेमिङ डीआरएम सफ्टवयरले १२ औं जेनेरेशनको इन्टेल कोर प्रोसेसरको प्रभावशाली कोरलाई अरु नै प्रणालीका रुपमा बसझेको कम्पनीले आफ्नो सपोर्ट पेजमा वयान गरेको छ।

‘यसले उक्त गेमले डीआरएम सफ्टवयरलाई राम्ररी काम गर्नबाट रोक्छ। गेमहरु शुरु गर्दा वा बीचमा क्र्याश हुन सक्छ भने थाहै नपाइ शट डाउन पनि हुन सक्छ’, कम्पनीले लेखेको छ।

यो समस्याले मोर्टल कम्ब्याट ११, असासिन्स क्रीड: वालहल्ला तथा स्टार वार्स जेडी फलेन अर्डरलगायतका ५० भन्दा बढी गेमहरुलाई असर पारेको छ। प्रभावित डीआरएम सफ्टवयर भेन्डरले यसका लागि सफ्टवयर अपडेट ल्याएको र प्रभावित गेमहरुमा अपडेट उपलब्ध गराउने भएको इन्टेलले जनाएको छ।

कम्पनीले प्रभावित केही गेमहरु नोभेम्बर मध्यतिर हुने विन्डोज ११ अपडेट ताका सुधारिने जनाएको छ।

यसरी सुधारिने गेमहरुको सूचीमा एन्थम, ब्रेभली डिफल्ट २, फिशिङ सिम वर्ल्ड, फुटबल म्यानेजर २०१९, फुटबल म्यानेजर टच २०१९, फुटबल म्यानेजर टच २०२०, लेजन्ड अफ माना, मोर्टल कम्ब्याट ११, टोनी हक्स प्रो स्केटर १ र २ तथा वारह्यामर २ रहेका छन्।

प्रकाशित: २३ कार्तिक २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...