आईटेल तथा लाभा मोबाइलका आधिकारिक विक्रेता कम्पनीको कारोबारमा उल्लेख्य वृद्धि

  • Technology Khabar | २२ कार्तिक २०७८, सोमबार
आईटेल तथा लाभा मोबाइलका आधिकारिक विक्रेता कम्पनीको कारोबारमा उल्लेख्य वृद्धि

काठमाडौं ।

महालक्ष्मी मोबाइल प्रालि तथा अम्बे मोबाइल्स प्रालिको व्यवसाय उल्लेख्य रुपमा बढेको पाइएको छ।

महालक्ष्मी मोबाइल प्रालि नेपालका लागि आइटेल र टेक्नो तथा अम्बे मोबाइल्स प्रालि लाभा ब्राण्डका मोबाइल फोनहरुको आधिकारिक वितरक हुन्।

हालै रेटिङ संस्था इक्रा नेपाल प्रालिले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार महालक्ष्मी मोबाइल प्रालिको कारोबार ३१९ प्रतिशतले वृद्धि भएको पाइएको छ।

महालक्ष्मी मोबाइल प्रालिले शुरुवातको वर्ष अर्थात् सन् २०१८ मा कम्पनीले समग्रमा १ अर्ब १९ करोड ४० लाख रुपैयाँको कारोबार गरेकोमा अर्को वर्ष अर्थात् सन् २०१९ मा ६३ करोड २० लाख रुपैयाँको व्यापार गर्न सफल भएको थियो।

गत वर्ष अर्थात् सन् २०२२ मा यो कारोबार रकमको आँकडा ४८ करोड ९० लाख पुगेकामा यो वर्ष सकिँदासम्म २ अर्ब ४ करोड ९० लाख रुपैयाँको कारोबार गर्ने आकलन गरिएको छ।

यसैगरी लाभा मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता अम्बे मोबाइल कम्पनीले शुरुवाती वर्ष सन् २०१६ मा १ अर्ब २६ करोड ८० लाख, अर्को वर्ष १ अर्ब ४५ करोड ६० लाख, सन् २०१८ मा १ अर्ब ८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको इक्रालाई बुझाएको को प्रतिवेदनमा उल्लेख छ।

यस्तै यो कारोबारको आँकडा सन् २०१९ मा १ अर्ब ५ करोड ८० लाख, सन् २०२० मा ७३ करोड २० लाख रुपैँया पुगेकामायस वर्षको अन्त्यसम्ममा लेखापरीक्षण नगरिएको आम्दानी १ अर्ब ६ करोड ८० लाख रुपैयाँको कारोबार भएको तथ्याङ्क रहेको छ।

प्रकाशित: २२ कार्तिक २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...