ह्वाट्सएप अब इन्टरनेट नै चल्ने, एकै पटक चार ओटा डिभाइसमा कनेक्ट हुने

  • Technology Khabar | २१ कार्तिक २०७८, आईतवार
ह्वाट्सएप अब इन्टरनेट नै चल्ने, एकै पटक चार ओटा डिभाइसमा कनेक्ट हुने

काठमाडौं ।

फेसबुक मातहतमा रहेको ह्वाट्सएपले सधैं आफ्ना यूज़रलाई उत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले नयाँ नयाँ फिचर परीक्षण गरिरहेको हुन्छ।

यसै क्रममा ह्वाट्सएपले छिट्टै अर्को एउटा नयाँ फिचर थप्नका लागि परीक्षण गरिरहेको बुझिएको छ।

यो नयाँ फिचर कार्यान्वयनमा आएपछि यूजरले ह्वाट्सएपलाई आफ्ना डिवाइसहरुमा जोड्नका लागि स्मार्टफोनमा इन्टरनेट चल्न आवश्यक हुने छैन। यो काम अफलाइन नै गर्न सकिनेछ।

यसको मतलब एन्ड्रोइड वा आईओएस यूजरले अब ह्वाट्सएपमा मल्टि डिभाइस फिचरको प्रयोग गर्न सक्नेछन्।

हालसम्म यूज़रले आफ्ना स्मार्टफोनलाई आफ्नो डेस्कटपसँग मात्र लिंक गर्न सक्दथे। साथै यसका लागि स्मार्टफोन अनलाइन हुनु वा फोनमा नेट चल्नु आवश्यक हुन्थ्यो।

हाल यो एप बिटा परीक्षणकै चरणमा रहेको छ। कम्पनीको तर्फबाट आएका जानकारी अनुसार प्राइमरी स्मार्टफोन बिना थुप्रै डिभाइसमा कनेक्ट गर्ने नयाँ फिचर पनि बिटा परीक्षणको क्रममै छ।

यो एउटा अप्ट-इन फिचर हो जसलाई ह्वाट्सएपको सेटिङ्स मेनुमा लिंक्ड डिभाइसेज विकल्प अन्तर्गत बिटाका रुपमा लेबल गरेर राखिएको छ।

यो विकल्प इनेबल गरेपछि ह्वाट्सएप अन्य डिभाइसहरुबाट अनलिंक हुन्छ र फेरि लिंक गरेपछि सबै डिभाइसमा कनेक्ट हुन्छ। लगइनका लागि स्मार्टफोन आवश्यक नपर्ने हुनाले अनुभव केही नयाँ हुने अपेक्षा गरिएकव छ।

नयाँ फिचर अन्तर्गत ह्वाट्सएपको प्रयोग गरेपछि तपाईँले आफ्नो स्मार्टफोन ल्यापटप नजिक राख्नुपर्दैन। तर म्यानुअल हिसाबले लग आउट नगरेको खण्डमा ती डिभाइसहरुमा १४ दिनसम्म मेसेज पठाउन/पाउन सकिन्छ।

प्रकाशित: २१ कार्तिक २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार