एप्पलका आईफोन, आईप्याड र सेवाहरुको बिक्री उल्लेख्य, अनुमानको तुलनामा न्यून आम्दानी

  • Technology Khabar | १३ कार्तिक २०७८, शनिबार
एप्पलका आईफोन, आईप्याड र सेवाहरुको बिक्री उल्लेख्य, अनुमानको तुलनामा न्यून आम्दानी

काठमाडौं ।

अमेरिकी टेक जायन्ट एप्पलले यो आर्थिक वर्षमा ८३.४ अर्ब डलर तथा त्रैमासिकमा प्रति शेयर १.२४ का डलरका दरले आम्दानी भएको प्रतिवेदन सार्वजनिक गरेको छ।

तर एप्पलका सबै विभागमा भएको विशाल सफलताका बावजूद कम्पनी वालस्ट्रीटको ८५ अर्बको प्रक्षेपण भने छुन सकेन।

कम्पनीका अनुसार यस वर्षको चोथो त्रैमासमा आईफोनको बिक्रीमार्फत् ३८.९ अर्ब डलर आम्दानी भएको छ।

यो आँकडा गत वर्षको सोही अवधिको तुलनामा साढे १२ अर्ब डलरले बढी हो। सन् २०२० को चाैथो त्रैमासका कम्पनीले आईफोन बिक्रीमार्फत् २६.४ अर्ब डलर आम्दानी गरेको थियो।

यसैगरी आईप्याडको बिक्रीमार्फत् यो त्रैमासमा कम्पनीले ८.३  अर्ब डलर कमाएको छ। यो आँकडा वार्षिक हिसाबले हेर्दा २१ प्रतिशतको वृद्धि हो। यसबाहेक म्याकको बिक्रीबाट ९.२ अर्ब डलर उठेको छ जुन हालसम्मकै चाैथो त्रैमासको कीर्तिमानी आम्दानी भएको बुझिएको छ।

यस्तै एप्पलले आफ्ना सेवा तथा वेयरेबल र होम एसेसरिजको बिक्रीबाट पनि उल्लेखय आम्दानी गर्दै आएको छ। यो त्रैमासमा पनि क्रमश: २६ र ११ प्रतिशतको वृद्धिसहित ८.८ अर्ब डलर संकलन भएको तथ्याङ्क छ।

सेप्टेम्बरमा अन्त्य हुने समग्र आर्थिक वर्षमा भने एप्पलले आफ्ना सेवा र उत्पादनहरुको बिक्रीमार्फत् ३६५.८ अर्ब डलरको कारोबार गरेको छ जुन सन् २०१९ को २७४.५  अर्ब डलरको तुलनामा ३३ प्रतिशतले बढी हो।

प्रकाशित: १३ कार्तिक २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार