
काठमाडौं ।
चिनियाँ स्मार्टफोन ब्रान्ड शाओमीले रेडमी नोट सिरिजका २४ करोड थान स्मार्टफोन बिक्री गरेको छ।
बिहीबार आयोजित रेडमी नोटमा केन्द्रित इभेन्टमा रेडमी ब्रान्डका महाप्रबन्धक लु वेइबिङले यस्तो जानकारी दिएका हुन्।
गत मे मा यो आँकडा २० करोड रहेकामा त्यसयता निकै द्रुत रुपमा यी डिभाइसहरु बिक्री भएका देखिन्छ।
गत नोभेम्बरमा यो आँकडा १४ करोड तथा अक्टोबर २०१९ मा १० करोड थियो। यस् हेर्दा पछिल्लो ५ महिनामा शाओमीले ४ करोड थान नोट सिरिज बेचेको देखिन्छ। यो आँकडा अनुसार औसतमा प्रति महिना ८० लाख बिक्री हुनुपर्दछ।
कम्पनीले प्रत्येक वर्ष नोट सिरिजका दुई जेनेरेशन ल्याउने रणनीति बनाएको छ। पहिलो जेनेरेशन पर्फर्मेन्समा केन्द्रित हुने तथा अर्कोले त्यसलाई अझ माझ्ने कम्पनीको भ नाइछ। यी सिरिजका डिभाइसहरु ३९० डलर हाराहारीका हुनेछन्।
यसरी विश्वभरमा आफ्ना नोट सिरिज फैलाउनमा शाओमीका खुद्रा स्टोरहरुको निकै महत्वपूर्ण योगदान रहेको बुझिएको छ। वेइबिङका अनुसार कम्पनीले यसै महिनाको अन्त्यसम्ममा विश्वभरमा शाओमीका १० हजार स्टोर खोल्ने लक्ष्य लिएको छ।
यीमध्ये १० हजाराैं स्टोर भने शेन्जेनको ह्याप्पी हार्बर स्टोर रहने कम्पनीको भनाइ छ।
कम्पनीले चीनका ८० प्रतिशत काउन्टीहरुमा पुग्ने लक्ष्य लिएको छ। हेनान, जिङ्सु, आन्हुई, झेजियाङ तथा शान्छीमा भने कम्पनीले यसअघि नै शत प्रतिशत उपस्थिति जनाइसकेको छ।
प्रकाशित: १२ कार्तिक २०७८, शुक्रबार