अब पिक्सेल डिभाइसमा पनि आईफोनबाट ह्वाट्सएप च्याट ट्रान्सफर गर्न सकिने

  • Technology Khabar | १२ कार्तिक २०७८, शुक्रबार
अब पिक्सेल डिभाइसमा पनि आईफोनबाट ह्वाट्सएप च्याट ट्रान्सफर गर्न सकिने

काठमाडौं ।

अब पिक्सेल फोनहरुमा पनि आईफोनबाट ह्वाट्एप च्याट ट्रान्सफर गर्न सकिने भएको छ।

ह्वाट्सएपले यसै वर्षको शुरुवातमा आईओएसबाट एन्ड्रोडमा च्याट ट्रान्सफर गर्न मिल्ने फिचर सार्वजनिक गरेको थियो।

यो फिचर शुरुमा सामसङको ग्यालेक्सी डिभाइसका लागि मात्र उपलब्ध गराइएको थियो र कम्पनीले बिस्तारै अन्य ब्रान्ड र मोडलहरुमा पनि यो फिचर उपलब्ध गराउँदै जाने बताएको थियो।

यसै क्रममा हाल यो फिचर प्राप्त गर्ने स्मार्टफोन गुगलका पिक्सेल डिभाइस रहेका बताइएको छ। गुगलले सबै पिक्सेल डिभाइसमा आईफोनबाट ह्वाट्सएप च्याट ट्रान्सफर गर्न सकिने बताएको छ।

यसबाहेक एन्ड्रोइड १२ अपरेटिङ सिस्टमसहित आउने सबै स्मार्टफोनहरुमा पनि यो फिचर उपलब्ध हुने बताइएको छ।

कसरी गर्ने आईओएसबाट एन्ड्रोइडमा ह्वाट्सएप च्याट?

यसका लागि यी दुवै फोनलाई केबलका माध्यमद्वारा कनेक्ट गर्नुपर्छ। आईफोनमा लाइटनिङ पोर्ट हुने हुनाले यूएसबी सी बाट लाइटनिङ केबल प्रयोगमा ल्याउनु पर्छ।

यसरी कनेक्ट गरिसकेपछि नयाँ एन्ड्रोइड डिभाइस सेट अपको लागि नोटिफिकेशन आउँछ। यसमा ट्रान्सफर शुरु गर्न आईफोनबाट क्यूआर कोड स्क्यान गर्ने निर्देशन दिइएको हुन्छ।

ह्वाट्सएपलाई आईफोनमा खोलेर सेटिङ्स-च्याट-मुभ च्याट्स टु एन्ड्रोइड गरेर त्यसपछि सबै कुराकानी, फोटो तथा भिडियो आफ्नो एन्ड्रोइड फोनमा पठाउन सकिन्छ।

प्रकाशित: १२ कार्तिक २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार