
काठमाडौं ।
ताइवानको चिप निर्माता कम्पनी टीएसएमसीले यो वर्षको तेस्रो त्रैमासमा १३.८ प्रतिशत नाफा कमाएको छ।
कोभिड १९ महामारीका बेला स्मार्टफोन तथा अन्य स्मार्ट डिभाइसमा प्रयोग हुने सेमिकन्डक्टर चिपको माग निकै बढेपछि कम्पनीको मुनाफा उकालिएको हो।
हालैको रिपोर्ट अनुसार जुलाइदेखि सेप्टेम्बरसम्मको समग्र नाफा १ खर्ब ५६ अर्ब ३० करोड डलर रहैको थियो। यो आँकडा रिफिनिटिभ नामक संस्थाका लागस २२ जना विश्लेषकहरुले अध्ययन पछि प्रस्तुत गरेको १ खर्ब ४९ अर्ब डलरको प्रक्षेपणभन्दा बढी हो।
टीएसएमसीद्वारा निर्मित स्मार्ट चिपहरु एप्पलको हालै सार्वजनिक भएको आइफोन १३ लगायतका विभिन्न चर्चित कम्पनीका हाइ-इन्ड स्मार्टफोन, आर्टिफिसियल इन्टेलिजेन्स, कार तथा अन्य थुप्रै किसिमका लो-इन्ड कन्जुमर प्रडक्टहरुमा प्रयोग हुन्छ।
कोरोना महामारीका कारण विश्वभर नै देखिएको चिप अभावको समस्या समाधानका लागि टीएसएमसी तथा ताइवानले नै सबैभन्दा बढी योगदान दिइरहेका छन्।
चिप अभावका कारण विश्वका थुप्रै अटो, स्मार्टफोन, ल्यापटप तथा कन्जुमर एप्लायन्स निर्माता कम्पनीहरुले आफ्ना उत्पादन कटोतीदेखि रद्दसमेत गर्नुपरेको स्थिति छ।
यो त्रैमासमा कम्पनीको कुल राजस्व २२.६ प्रतिशत बढेर १४ अर्ब ८८ करोड पुगेको रिपोर्टमा उल्लेख छ। यसैगरी कम्पनीको शेयर ८.५ प्रतिशत यो वर्ष ८.५ प्रतिशतले वृद्धि भएर बजारको मूल्यांकन ५ खर्ब २६ अर्ब डलर पुगेको छ। यो आँकडा प्रतिस्पर्धी कम्पनी इन्टेलको भन्दा दोब्बर हो।
प्रकाशित: २८ आश्विन २०७८, बिहीबार