रियलमीको नयाँ स्मार्टफोन रियलमी ८ आइ नेपाली बजारमा

  • Technology Khabar | २३ आश्विन २०७८, शनिबार
रियलमीको नयाँ स्मार्टफोन रियलमी ८ आइ नेपाली बजारमा

काठमाडौं ।

रियलमीले हालै आफ्नो नयाँ स्मार्टफोन रियलमी ८ आइ नेपाली बजारमा ल्याएको छ।

पुरानो रियलमी ८ सिरिजका स्मार्टफोनले बजारमा राम्रो व्यापार गरेपछि कम्पनीले नयाँ मोडल सार्वजनिक गरेको हो।

रियलमी ८ आइ मा ६.६० इन्चको डिस्प्ले छ, जसमा १२० हर्जको रिफ्रेस रेट छ। यसबाट प्रयोगकर्ताले अल्ट्रास्मुथ अनुभव लिन सक्ने कम्पनीले बताएको छ।

यो फोनमा तीनवटा क्यामरा छ, जसमा ५० मेगापिक्सेलको मुख्य क्यामरासहित २ मेगापिक्सेलका अन्य दुई क्यामरा छन्। यसको सेल्फी क्यामरा भने १६ मेगापिक्सेलको छ।

मिडियाटेक हेलियो जी ९६ प्रोसेसर भएको यस स्मार्टफोनमा ४ जीबीको र्याम छ, जुन पछि ७ जीबीसम्म बढाउन सकिन्छ। साथै यसमा ६४ जीबीको आन्तरिक स्टोरेज छ।

यो फोनमा पाँच हजार एमएएच ब्याट्री छ। यो ब्याट्रीले १८ वाटको फास्ट चार्जिङ समर्थन गर्छ। फोन एकपटक पुरा चार्ज गरेपछि प्रयोगकर्ताले ४० घण्टासम्म फोनमा कुरा गर्न सक्ने, एक हजार दुई सय बीस गीतहरु सुन्ने सक्ने र १८ वटा फिल्म हेर्न सक्ने कम्पनीको भनाइ छ।

चार जीबी र्यामका साथमा ६४ जीबी आन्तरिक स्टोरेज भएको रियलमी ८ आइको मूल्य २३ हजार सात सय ९९ रुपैयाँ तोकिएको छ। यसैगरी ६ जीबी र्यामका साथमा १२८ जीबी आन्तरिक स्टोरेज भएको मोडलको मूल्य २७ हजार एम सय ९९ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ।

प्रकाशित: २३ आश्विन २०७८, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार