ताइवानका पार्टपुर्जा निर्माताहरुको प्राथमिकतामा एप्पल

  • Technology Khabar | १४ आश्विन २०७८, बिहीबार
ताइवानका पार्टपुर्जा निर्माताहरुको प्राथमिकतामा एप्पल

काठमाडौं ।

ताइवानमा रहेका स्मार्टफोनमा प्रयोग गरिने लेन्स मोड्युलका भ्वाइस क्वाइल मोटर अर्थात् भीसीएम, वायर वाइन्डिङ तथा अन्य पार्टपुर्जा निर्माताहरुले एप्पललाई बढी प्राथमिकता दिने गरेको पाइएको छ।

यो तथ्य हालै उद्योगसँग सम्बन्धित स्रोतहरुबाट बाहिरिएको हो। चीन तथा ताइवानमा एप्पलको आईफोन १३ सिरिजको प्रि-सेल चुलिँदै गएको बेला पार्टपुर्जा निर्माताहरुले पनि एप्पललाई प्राथमिकतामा राखेको बुझिएको हो।

स्रोतका अनुसार एप्पलका लागि आवश्यकमध्ये ठूलो मात्राको भीसीएम तथा वायर वाइन्डिङ लगायतका पार्टपुर्जा बनाउने अर्डर जापानी कम्पनीहरुले पाउने र उनीहरुले ताइवामा रहेका कम्पनीहरुलाई निर्माणका लागि आयटसोर्स गर्ने गरेका छन्।

सामसङको नयाँ  स्मार्टफोन बिक्री यो वर्षको तेस्रो त्रैमासमा अपेक्षा गरिएभन्दा घट्यो भने ओपो, भिभो तथा शाओमीलगायतका चिनियाँ स्मार्टफोन कम्पनीहरुमा पनि थुप्रै मात्रामा यस्ता पार्टपुर्जाहरु खपत हुन्छन्।

आईफोनले ह्वावेको बजार हिस्सा कब्जा गरेको छ भने ताइवानका पार्टपुर्जा निर्माताले आईफोन १३ मार्फत् निकै ठूलो आशा राखेको स्रोतले बताएङ्को छ।

ताइवानमा रहेका यस्ता निर्माताहरुको नाफा सामसङ तथा अन्य चिनियाँ ब्रान्डको भन्दा एप्पलको अर्डरले गर्दा बढेको र स्थायी भएको बुझिएको छ।

प्रकाशित: १४ आश्विन २०७८, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...