टिकटकको मासिकरुपमा एक अर्ब सक्रिय प्रयोगकर्ता

  • Technology Khabar | १२ आश्विन २०७८, मंगलवार
टिकटकको मासिकरुपमा एक अर्ब सक्रिय प्रयोगकर्ता

काठमाडौं ।

छोटो भिडियो प्लेटफर्म टिकटकको मासिकरुपमा एक अर्ब सक्रिय प्रयोगकर्ता भएका छन् । टिकटकले भाइन बन्द गरेको पाँच वर्षपछि यो माईलस्टोन संख्या पुरा गरेको हो । सन् २०२० को जुलाईदेखि प्रयोगकर्ताहरु एकैपटक ४५ प्रतिशतसम्म बढेपछि टिकटक यो उचाईमा पुगेको हो ।

कम्पनीले अमेरिका युरोप ब्राजिल र दक्षिण पूर्वी एशिया सबैभन्दा ठूलो बजार भएको बताएको छ।

संयुक्त राज्य र अन्य क्षेत्रहरुमा नियामक जाँचको सामना गरीरहेको बाबजुद टिकटकले पछिल्ला केहि बर्षहरुमा विश्वभरि प्रयोगकर्ताहरुमा वृद्धिको अनुभव गरेको छ।

मासिक एक अर्ब प्रयोगकर्ता कुनैपनि सामाजिक सञ्जालका लागि निकै ठूलो विषय हो । गत वर्ष अमेरिकी ट्रम्प प्रशासनले बाईटडान्सले अमेरिकी कम्पनीलाई टिकटक बिक्री नगरेमा अमेरिकामा प्रतिबन्ध लगाईदिने चेतावनी दिएका थिए। त्यसबेला विभिन्न अमेरिकी कम्पनीहरुले टिकटकको अमेरिकी व्यवसाय किन्ने ईच्छा देखाएका थिए।

छिमेकी देश भारतमा भने चिनियाँ एपहरु विरुद्धको प्रतिबन्धसँगै टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको छ।

नेपालमा भने कोरोना महामारीले लकडाउन भएसँगै यसको प्रयोग ह्वात्तै बढेको छ।

सन् २०२० अगस्टमा टिकटकले एपको डाउनलोड २ अर्ब नाघेको जानकारी दिएको थियो ।

टिकटक चीनको टेक्नोलोजी जायन्ट बाइटडान्सको अधिनमा रहेको छ ।छोटो भिडियो प्लेटफर्मले केहि समयदेखि यसमा लामो भिडियोहरु शेयर  गर्न मिल्ने गरी परीक्षण गरिरहेको छ । एजेन्सीहरु

प्रकाशित: १२ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार