आईफोन १३ चार्जर बिना नै बिक्री गर्ने बारेमा ब्राजिलको नियमनकारीले अनुसन्धान गर्ने

  • Technology Khabar | १२ आश्विन २०७८, मंगलवार
आईफोन १३ चार्जर बिना नै बिक्री गर्ने बारेमा ब्राजिलको नियमनकारीले अनुसन्धान गर्ने

काठमाडौं ।

आईफोन १३ ब्राजिलमा अझै उपलब्ध छैन, तर देशको उपभोक्ता संरक्षण नियामकले पहिले नै आईफोनमा चार्जर छुट्टै बेच्ने एप्पलको निर्णयको जाँच गर्न लागेको जनाएको छ।

टेकटूडोद्वारा गरिएको पहिलो रिपोर्ट अनुसार, एप्पल र सामसङको बक्समा चार्जर बिना नै आईफोन १३, ग्यालेक्सी जेड फ्लिप ३, र ग्यालेक्सी जेड फोल्ड ३ बेचेकोमा उनीहरुलाई सूचित गरिनेछ।

प्रोकोन एसपी (Procon-SP) ले आईफोन चार्जर छुट्टै बेच्ने निर्णयको बारेमा एप्पललाई सूचित गरेको यो पहिलो पटक होइन्। यस वर्षको प्रारम्भमा, साओ पाउलो राज्यमा आधारित ब्राजिलको उपभोक्ता संरक्षण नियामकले, “भ्रामक विज्ञापन, चार्जर बिना एक उपकरण बेच्ने, र अनुचित शर्तहरुको लागी” एप्पललाई २० करोड डलर जरिवाना तोकेको थियो।

त्यो भन्दा पहिले पनि, २०२० को अक्टोबरमा, प्रोकोन-एसपीले कम्पनीलाई यसको बारेमा प्रश्न गरेको थियो भने नोभेम्बरमा, एजेन्सीले आईफोन निर्मातालाई पर्यावरणीय लाभ प्रदर्शन नगरेको आरोप लगाएको थियो।

प्रोकोन एसपीका कार्यकारी निर्देशक फर्नान्डो केपेजले यो फोन र चार्जर छुट्टाछुट्टै बेच्नु कानूनी नभएको बताए किनकि “तपाइँले त्यो चार्जरका साथ त्यो डिभाइस मात्र चार्ज गर्न सक्नुहुन्छ,” त्यसैले “ग्राहकहरु दुई ओटा उत्पादनहरु किन्न बाध्य छन् ।”

केपेजले बुधवार एप्पल र सामसङलाई सूचित गर्नेछ। ब्राजिलियन नियमनकारीले कम्पनीहरुले ग्राहकहरुलाई उत्पादनका साथ केहि परिवर्तन भएको छ,वा बक्समा केहि परिवर्तन भएको छ भने जानकारी दिनुपर्दछ र यस मामलामा एक चार्जरको कमीलाई सूचित गर्नुपर्छ।

एप्पलले यसअघि मार्चमा ब्राजिलमा बेचेका सबै आईफोनहरु तेस्रो पक्षीय सहित बजारमा उपलब्ध चार्जरहरुसंग काम गर्ने बताएको थियो । एजेन्सीका साथ

प्रकाशित: १२ आश्विन २०७८, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार