फाइभजी रोलआउटको लागी भुटान टेलिकमद्धारा एरिक्सन छनौट

  • Technology Khabar | ६ आश्विन २०७८, बुधबार
फाइभजी रोलआउटको लागी भुटान टेलिकमद्धारा एरिक्सन छनौट

काठमाडौं ।

दक्षिण एशियाली देश भुटान पछिल्लो समयमा फाइभजी सेवा लन्च गर्ने योजनामा रहेको छ। जसअनुसार एरिक्सनले भुटान टेलिकमको फाइभजी रोलआउट ह्यान्डल गर्ने सम्झौता हात पारेको छ।

एरिक्सन स्पेक्ट्रम साझेदारीअन्तरगत एरिक्सन रेडियो प्रणाली उत्पादनहरुमा आधारित हुँदै फैलिएको एक ५जी नन-स्ट्याडअलोन (एनएसए) तैनाती कभर गर्दछ र यसमा एरिक्सनको स्पेक्ट्रम सेयरिङ्ग समेत समावेश छ।

यसले एरिक्सन क्लाउड प्याकेट कोर, क्लाउड युनिफाइड डाटा म्यानेजमेन्ट र नीति, क्लाउड आईएमएस, र ओएसएस/बीएसएसमा ५ जी एनएसए को लागी समर्थन थप्नको लागी सफ्टवेयर अपग्रेड समेटेको छ । जबकि भविष्यमा सार्वजनिक गरिने ५जी स्ट्यान्डलोन (एसए) सपोर्टको लागि मार्ग प्रशस्त गर्दछ।

भुटानमा यस बर्षको अन्तिम त्रैमासिकमा फाइभजी सेवाहरु सुरु हुने अनुमान गरिएको छ। एजेन्सी

प्रकाशित: ६ आश्विन २०७८, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NOC from Nagarik App

  • ६ आश्विन २०७८, बुधबार

NOC from Nagarik App

  • ६ आश्विन २०७८, बुधबार

E-pension verification system launched

  • ६ आश्विन २०७८, बुधबार