वैदेशिक रोजगारबाट फर्किएकालाई मोबाइल ल्याउन दिन सहजीकरण गरिँदै -अर्थमन्त्री शर्मा

  • Technology Khabar | २७ भाद्र २०७८, आईतवार
वैदेशिक रोजगारबाट फर्किएकालाई मोबाइल ल्याउन दिन सहजीकरण गरिँदै -अर्थमन्त्री शर्मा

काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले वैदेशिक रोजगारमा गएर फर्किएका व्यक्तिहरुले मोबाइललगायतका डिभाइसहरु व्यक्तिगत प्रयोगका लागि ल्याउनका लागि सहज बनाउने बताएका छन्।

उनले आज अर्थ सम्वन्धी अध्यादेशहरुलाई प्रतिस्थापन गर्ने बिधेकहरु बारे आर्थिक पत्रकारसँग छलफलको क्रममा वैदेशिक रोजगारमा जानपनि समस्या र दुख भोगिरहेका वैदेशिक रोजगारमा गएका व्यक्तिहरुले फर्किँदा भन्सारमा समेत दुःख पाउने गरेको बताए।उनीहरुले ल्याएको मोबाइलमा समेत भन्सारले झन्झट दिने गरेको बताए।

“एउटा/दुईओटा मोबाइल जस्ता डिभाइसहरु ल्याउँदा कसरी सहज गर्ने भन्ने छलफल भईरहेको छ,” उनले भने ।

यसअघि पनि उनले वैदेशिक रोजगारबाट फर्किएका व्यक्तिहरुले भन्सारमा दुख पाउने गरेको भन्दै त्यसलाई सरलीकृत बनाउन अनुरोध गरेका थिए। उनले वैदेशिक रोजगारमा गएका व्यक्तिहरुले रेमिट्यान्स भित्र्याउने गरेको र भन्सारमा दुख दिनेगरिएको भन्दै गुनासो आउने गरेको बताउँदै आएका छन् ।

यसका साथै अर्थमन्त्रीले रेमिट्यान्सलाई उत्पादनमूलक क्षेत्रमा लगानी गराईने बताए ।

प्रकाशित: २७ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • २७ भाद्र २०७८, आईतवार