एप्पल वाच सिरिज ८ मा शरीरको तापक्रम नाप्ने सेन्सर रहने

  • Technology Khabar | २७ भाद्र २०७८, आईतवार
एप्पल वाच सिरिज ८ मा शरीरको तापक्रम नाप्ने सेन्सर रहने

काठमाडौं ।

नयाँ एप्पल वाच सरिज ७ सार्वजनिक हुन १ हप्ता मात्र बाँकी छँदा एप्पल वाच सरिज ८ र एयर पडको आउँदा भर्सनका बारेमा चर्चाहरु बाहिरिएका छन्।

एप्पल तथा यसका उत्पादनका बारेमा जानकारी ल्याउने विश्लेषक मिङ चि कुओले आगामी वर्ष आउने अपेक्षा गरिएको एप्पल वाच सिरिज ८ का बारेमा जानकारीहरु खुलासा गरेका हुन्।

एप्पलले वाच सिरिज ७ मा केन्द्रित भइरहँदा यसको डिजाइनमा यस वर्ष खासै परिवर्तन देख्न नपाइने चर्चा चलेको छ।

कुओका अनुसार अर्को वर्ष वाच सिरिज ८ को माग यो भर्सनको भन्दा बढी हुनेछ। यसको मुख्य कारण वाच सिरिज ७ मा समावेश नभएको हेल्थ सेन्सर राखिने भएकाले मानिसहरुले अपग्रेड गर्ने भएकाले बताइएको छ।

९टू५म्याकले देखेको इन्भेस्टर नोटलाई उद्धृत गर्दै कुओले लेखे अनुसार नेक्स्ट जेनेरेशन एप्पल वाचमा शरीरको तापक्रम नाप्ने सेन्सर रहनेछ।

यसबाहेक भविष्यको वायरलेस एयर पडमा पनि २ वर्षभित्रमा हेल्थ सेन्सर रहने कुओले उल्लेख गरेका छन्।

प्रकाशित: २७ भाद्र २०७८, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Sri Lanka arrests 1,093 foreigners in cybercrime crackdown in 2026

  • Technology Khabar
  • २७ भाद्र २०७८, आईतवार