२९ वर्षीय करोडपति यूट्युबर क्यालिफोर्नियाको गभर्नरको उम्मेदवारी दिँदै

  • Technology Khabar | २५ भाद्र २०७८, शुक्रबार
२९ वर्षीय करोडपति यूट्युबर क्यालिफोर्नियाको गभर्नरको उम्मेदवारी दिँदै

काठमाडौं ।

२९ वर्षीय यूट्युब इन्फ्लुएन्सर केभिन पाफ्राथले अमेरिकाको क्यालिफोर्निया राज्यको गभर्नर पदमा उम्मेदवारी दिने भएका छन्।

उनले मीट केभिन नामको यूटुयुब च्यानल चलाउँछन् भने अर्को हप्ता हुने चुनावमा हालका गभर्नर ग्याभिन न्यूसमलाई टिकट नदिइए डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवारी दिनेछन्।

हालसम्म गरिएका १६ ओटा सर्वेक्षणमा ४६ जना मध्ये पाफ्राथलाई डेमोक्र्याटिक पार्टीमा अग्रणी नेताका रुपमा पाइएको छ। उनीबाहेक अन्य ८ नेता पनि पार्टीको नेतृत्व गर्दै चुनावमा उठ्न खोजिरहेका बताइएको छ।

अधिकाश सर्वेक्षणमा उनलाई कन्जरभेटिभ पार्टीका टक शो का प्रस्तोता ल्यारी एल्डरकै हाराहारीमा उभ्याइएको छ।

१ हजार जनाभन्दा बढीमा गरिएको एक मत सर्वेक्षणमा एल्डरले ३२ तथा पाफ्राथले १३ प्रतिशत भोट पाएका थिए भने अन्य सर्वेक्षणहरुमा भने पाफ्राथ नै अग्रणी स्थानमा देखिएका छन्।

गत जुलाइमा सरभेयूएसएले गरेको अर्को मत सर्वेक्षणमा पाफ्राथले २७ प्रतिशत भोट पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी ओलम्पिथ एथलिट केट्लिन जेनर र एल्डर दुवैले २३ प्रतिशत भोट पाएका थिए।

एजेन्सीका साथमा

प्रकाशित: २५ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार