होन्डाइ मोबिसले विकास गर्यो इन्जिन नियन्त्रण गर्ने सेमिकन्डक्टर

  • Technology Khabar | १८ भाद्र २०७८, शुक्रबार
होन्डाइ मोबिसले विकास गर्यो इन्जिन नियन्त्रण गर्ने सेमिकन्डक्टर

काठमाडौं ।

होन्डाइ मोबिसले हालै इन्जिन नियन्त्रण गर्ने सेमिकन्डक्टरको विकास गरेको कम्पनीका एक इन्जिनीयरले बताएका छन्।

कम्पनीले यसबाहेक १५०० वाटसम्मको हाइ भोल्टेज करेन्ट व्यवस्थापन गर्ने आईसीको सम्भाव्य विकासबारे समीक्षा पनि गरिरहेको बुझिएको छ।

होन्डाइ मोबिसका हाइ पर्फर्मेन्स सेमिकन्डक्टर सेल टोलीका प्रमुख ली ही-ह्युनले दक्षिण कोरियामा सम्पन्न एउटा कार्यशालामा बताए अनुसार कम्पनीले अटोमोटिभ सेमिकन्डक्टर निर्माणका लागि अन्य देशका चिप निर्माताहरुसँग साझेदारी गरिरहेको छ।

यू-चिप नाम गरेको उक्त नयाँ सेमिकन्डक्टरले पावर, मनिटरिङ तथा एक्टिभेशनका लागि आवश्यक थुप्रै चिपको काम एक्लैले गर्ने उनले बताए।

कम्पनीले ७०० र १५०० भोल्टसम्मको पावर म्यानेमेन्ट आईसीको विकाससम्बन्धी समीक्षा पनि गरिरहेको दइलेकले जनाएको छ।

प्रकाशित: १८ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार