
काठमाडौं ।
स्मार्टफोन हिजोआज जीवनको अभिन्न अंगजस्तो भइसकेको छ। दैनिक जीवनका सबैभन्दा ठूलो आवश्यकतामा हामीले प्रयोग गर्ने डिभाइसहरुपनि पर्न थालेका छन्।
हाम्रा अधिकांश काम अब स्मार्टफोन वा स्मार्ट डिभाइसमार्फत् नै पूरा हुन थालेका छन्।
यसैकारणले पनि हुनसक्छ हिजोआज मानिसहरु आफ्नो अधिकांश समय स्मार्टफोन वा स्मार्ट डिभाइसमै बिताउने गर्छन्।
यसरी आधारभूत आवश्यकता जस्तै बनेको स्मार्टफोन धेरै समय चलाउँदा यसमा खराबी आउन सक्ने सम्भावना हुन्छ। यसबाहेक केही यस्ता बानीहरु छन् जुन हामी हाम्रो स्मार्टफोनसँग गर्द्छै जसले हामीले थाहा नपाउँदै यस्ता डिभाइसलाई बिगारिरहेको वा यसको आयु कम गरिरहेका हुन्छन्।
यदि तपाईँको पनि स्मार्टफोन चलाउँदा जानेर वा नजानेर यस्ता गल्ती गर्ने बानी छ भने स्मार्टफोनको लामो आयुका लागि यी बानीहरु त्याग्नु वा सुधार्नु जरुरी हुन्छ।
यस्ता छन् गल्तीहरु
काम सकिएपछि यी फिचर बन्द नगर्नु
मोबाइलमा रहेका वाई-फाई, जीपीएस तथा ब्लूटूथजस्ता कनेक्टिभिटी फिचरहरु काम सकिएपछि बन्द गर्नुहोस्
यसो नगर्नाले ब्याट्री धेरै खपत हुन्छ
यी फिचरहरु बन्द गर्नाले फोनको प्रोसेसरको स्पीड पनि बढ़्छ
भाइब्रेशन मोडको अनावश्यक प्रयोग
स्क्रीन अन टाइम
आवश्यकताभन्दा बढी चार्ज गर्नु
प्रकाशित: १७ भाद्र २०७८, बिहीबार