आईफोन १३ मा लो अर्थ अर्बिट स्याटेलाइट कनेक्टिभिटी रहने दावी, डाटा र वाइफाइ बिनै इन्टरनेट चलाउन सकिने

  • Technology Khabar | १४ भाद्र २०७८, सोमबार
आईफोन १३ मा लो अर्थ अर्बिट स्याटेलाइट कनेक्टिभिटी रहने दावी, डाटा र वाइफाइ बिनै इन्टरनेट चलाउन सकिने

काठमाडौं ।

एप्पलले आईफोन १३ मा लो अर्थ अर्बिट स्याटेलाइट कम्युनिकेशन कनेक्टिभिटी दिने भएको छ।

हालै चर्चित एप्पल विश्लेषक मिङ चि कुओले अर्को एउटा इन्भेस्टर नोट बाहिर ल्याउँदै एप्पलको आउँदै गरेको फोनका बारेमा यस्तो जानकारी सार्वजनिक गरेका हुन्।

कुओको उक्त रिपोर्टअनुसार कस्टम क्वालकम एक्स६० मोडेममार्फत् आईफोन १३ मा लो अर्थ अर्बिट लियो स्याटेलाइट कम्युनिकेशन कनेक्टिभिटी उपलब्ध हुनेछ। यसमार्फत यूजरले फोन तथा मेसेज गर्न र मोबाइल नेटवर्क प्रयोग नगरी पनि इन्टरनेट चलाउन सक्नेछन्।

कुओका अनुसार नेटवर्क अपरेटरहरुले यसका लागि ग्लोबलस्टारजस्ता स्याटेलाइट कम्युनिकेशन सेवा प्रदायकसँग समन्वय गर्नुपर्ने हुन्छ। यस्ता सेवा प्रदायकले आईफोनलाई कुनै अतिरिक्त शुल्क व सम्झोताबिना नै आफ्नो लियो स्याटेलाइट नेटवर्कसँग जोडिदिनेछन्।

ग्लोबलस्टारको आफ्नै एन५३ फ्रिक्वेन्सी ब्यान्ड छ जसलाई क्वालकमको आउँदै गरेको एक्स६५ फाइभजी मोडमले सपोर्ट गर्छ।

प्रकाशित: १४ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार