एक वर्षमा राउटर आयातको लागि बाहिरियो २ अर्ब १५ करोड रुपैयाँ, अधिकांश चीनबाट भित्रिए

  • Technology Khabar | १४ भाद्र २०७८, सोमबार
एक वर्षमा राउटर आयातको लागि बाहिरियो २ अर्ब १५ करोड रुपैयाँ, अधिकांश चीनबाट भित्रिए

काठमाडौं ।

– साजन सुवेदी

नेपालमा आर्थिक वर्ष २०७७/७८ मा जम्मा २ अर्ब १५ करोड ८२ लाख ३९ हजार रुपैयाँको राउटर आयात भएको छ।

भन्सार विभागले हालै अद्यावधिक गरेको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार २०७७ श्रावणदेखि २०७८ असार मसान्तसम्ममा नेपालमा ८ लाख ५ हजार २८० ओटा राउटर भित्रिएका छन्।

यीमध्ये सबैभन्दा बढी चीनबाट २ अर्ब ९ करोड ३९ लाख ८ हजार रुपैयाँ बराबरको ७ लाख ९६ हजार ३०८ वटा राउटर आयात भएका छन्।

यसपछि ताइवानबाट २ करोड ७६ लाख ३६ हजार बराबरको ६, २५६ ओटा, इटलीबाट २८ लाख ९६ हजार बराबरको १,१०० ओटा,  लात्भिया बाट १ करोड ५९ लाख ३६ हजार रुपैयाँ बराबरको ५८२ थान, यमनबाट ५ लाख ७६ हजार बराबरको ५०० थान आयात भएका छन्।

यसैगरी भारतबाट ५ लाख १३ हजार बराबरको २७६ थान, मलेसियाबाट २२ लाख ८२ हजार बराबरको १०२ थान तथा अमेरिकन सामोआबाट २ लाख ८६ हजार रुपैयाँ बराबरको १०० थान राउटर आयात भएको प्रतिवेदमा उल्लेख छ।

यसबाहेक अमेरिकाबाट २८ लाख ९६ हजार रुपैयाँ बराबरको १८ थान,  लिथुआनियाबाट १ लाख ७५ हजार बराबरको १० थान, मेक्सिकोबाट ६१ लाख ५ हजार बराबरको ७ थान लगायत विभिन्न देशबाट गरी यो परिमाणमा राउटर आयात भएको तथ्याङ्क छ।

कोरोनाका कारण वर्क फ्रम होम र अनलाइन कक्षाहरुका लागि इन्टरनेटको खपत बढ्दै जाँदा वायर्ड र वायरलेस दुवै कनेक्टिभिटीका लागि अत्यावश्यक हुने भएकाले राउटरको माग महिनैपिच्छे बढ्दै गइरहेको देखिन्छ।

पछिल्ला दिनमा देशभर दूरसञ्चार, टेलिभिजन तथा इन्टरनेट सेवाको उपयोग गर्ने प्रवृत्ति बढिरहेको छ ।

गत वर्ष कोरोना भाइरस महामारीको संक्रमणको डरले भएको लकडाउनपछि मानिसहरुले यी सेवाको उपयोग अधिकतम गरिरहेका छन् भने अहिले पनि कोरोनाको दोेस्रो लहरका कारण इन्टरनेट सेवा प्रयोग गर्नेको संख्या पनि दिन प्रतिदिन बढ्दै गइरहेको पाइएको छ।

यस्तो छ यो आर्थिक वर्षको राउटर आयात तथ्याङ्क:

क्र.सं.देशआयात सङ्ख्यारकमकैफियत
अमेरिकन सामोआ१००२, ८६, ०००
अस्ट्रेलिया१,०२,०००
चीन७,९६,३०८२,०९,३९,०८,०००
जर्मनी५३,०००
हङकङ१,१८,०००
भारत२७६५,१३,०००
इटली१,१००२८,९२,०००
कोरिया५,०००
लात्भिया५८२१,५९,३६,०००
१०लिथुआनिया१०१,७५,०००
११मलेसिया१०२२२,८१,०००
१२मेक्सिको६१,०५,०००
१३देश निश्चित नभएको१,९४,०००
१४सिंगापुर५४,०००
१५स्पेन५,०००
१६स्विडेन५,०००
१७ताइवान६,२५६२,७६,३६०००
१८थाइल्यान्ड४४,९८,०००
१९यूएई२,०००
२०अमेरिका१८२८,९६,०००
२१यमन५००५,७६,०००
जम्मा८,०५,२८०२,१५,८२,३९,०००

 

प्रकाशित: १४ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार