असारमा ई-कमर्समार्फत् गरिएको कारोबार सङ्ख्या तथा रकममा वृद्धि

  • Technology Khabar | १४ भाद्र २०७८, सोमबार
असारमा ई-कमर्समार्फत् गरिएको कारोबार सङ्ख्या तथा रकममा वृद्धि

काठमाडौं ।

नेपालमा असार महिनाभर ई-कमर्समार्फत् गरिएको कारोबार सङ्ख्या तथा रकममा अघिल्लो महिनाको तुलनामा केही वृद्धि भएको छ।

इन्टरनेट सुविधा र आधुनिक जीवनशैलीका कारण नेपालमा ई-कमर्सका प्रयोगकर्ताहरु दिनानुदिन बढ्दै गए पनि वैशाखको तेस्रो हप्ताबाट निषेधाज्ञा शुरु भएको र होम डेलिभरी पनि रोकिएका कारण बढ्नुपर्ने ई-कमर्सको रकम र सङ्ख्या जेठ महिनामा निकै घटेको हो।

तर असार महिनामा आउँदा जेठ महिनाको तुलनामा कारोबार सङ्ख्या तथा रकममा केही वृद्धि भएको छ।

हालै नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको प्रतिवेदनमा वैशाख मसान्तसम्ममा ई-कमर्समार्फत् भएको कारोबार संख्या १ लाख १३ हजार ६८० रहेको मा जेठ महिनामा घटेर ३८ हजा।र ६१३ मा झरेको थियो। असार मसान्तसम्ममा भने जेठको तुलनामा १३ हजा। ५०२ बढेर ५१ हजार ११५ पुगेको छ।

कारोबार संख्या बढेसँगै कारोबार रकम बढ्नु स्वाभाविकै हो। वैशाखमा ई-कमर्सको कारोबार रकम ७६ करोड ८० लाख रुपैयाँ भएकोमा जेठमा आउँदा यो रकम घटेर १६ करोड १० लाख रुपैयाँमा झरेको थियो । तर असारमा आउँदा कारोबार सङ्ख्या बढेकाले कारोबार रकममा पनि जेठको तुलनामा १३ करोड ५० लाख रुपैयाँ वृद्धि भएर २९ करोड ६० लाख रुपैयाँ पुगेको छ।

प्रकाशित: १४ भाद्र २०७८, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार