एप्लिकेसन

अगस्ट ३० मा बन्द हुँदैछ इन्स्टाग्रामको यो महत्वपूर्ण फिचर

अगस्ट ३० मा बन्द हुँदैछ इन्स्टाग्रामको यो महत्वपूर्ण फिचर
Global IME Bank

इन्स्टाग्रामको एउटा महत्वपूर्ण फिचर स्वाइप अप आगामी अगस्ट ३० देखि बन्द हुने भएको छ। यो फिचर स्टोरीमा प्रयोग गर्ने गरिन्छ। अब यसको सट्टा कम्पनीले नयाँ फिचर लिएर आएको छ।

स्वाइप अपलाई विशेषगरी कन्टेन्ट क्रियटर तथा कम्पनीहरुले प्रयोग गर्छन्। स्वाइप अप गरेर स्टोरीमा भएका लिंकमा जान सकिन्छ। यसो गरेपछि स्वाइप अप गर्ने व्यक्ति रिडाइरेक्ट भएर यूजरले दिएको वेबसाइटमा पुग्छ र त्यहाँबाट सामान किन्ने लगायतका काममा संलग्न हुन सक्छ।

आगामी अगस्ट ३० बाट इन्स्टाग्रामले यो फिचरलाई हटाउने र स्टोरिजमा रहेको स्टिकरको प्रयोगबाट स्वाइप अपको झैं वेबसाइटमा जाने सुविधा पाइने टेकक्रन्चले लेखेको छ।

एप अनुसन्धाता जेन मन्चुआन वङले हालैं यो नयाँ फिचरको स्क्रीनशट लिएका छन्। टेकक्रन्चका अनुसार लिंक स्टिकर नामको यो नयाँ फिचरले स्वाइप अपको काम गर्नेछ।

रिपोर्टका अनुसार कम्पनीले यो फिचरको परीक्षण गएको जुन महिनादेखि गरेको र अहिले केही यूजरलाई बिटा टेस्टिङका लागि उपलब्ध गराइएको हो। अगस्टको अन्त्यदेखि भने विस्तारै अन्य यूजरलाई पनि उपलब्ध गराउँदै जाने र स्वाइप अपलाई बन्द गराइने बुझिएको छ।

स्वाइप अप सबैका लागि उपलब्ध हुने भए पनि स्टिकर्स फिचर भने निश्चित फलोअर भएकाका लागि मात्र उपलब्ध हुनेछ। यसबाट क्रियटरले विभिन्न नयाँ स्टाइल छानेर लिंक हाल्न सक्छन्। स्टिकरलाई सानो वा ठूलो बनाउन सकिनेछ भने यसमा रियाक्ट गर्ने अप्शन पनि रहनेछ।

Sajilo Visa
easy care