
काठमाडौं ।
केही समययता शाओमीका केही यूजरहरुले आफ्ना नयाँ फोनहरुमा प्रोक्सिमिटी सेन्सरमा समस्या आएको गुनासो गरिरहेका छन्।
कम्पनीले हालै ती गुनासाहरुलाई मध्यनजर गर्दै त्यसको समाधानको प्रयास थाल्ने बुझिएको छ।
कम्पनीले समस्याको मुख्य कारण पत्ता लगाइसकेको छ तर केही यूजरहरुलाई भने यो हार्डवयरसँग सम्बन्धित समस्या भन्ने लागिरहेको छ।
यसै कारण पनि शाओमीले प्रोक्सिमिटी सेन्सरका लागि एलिप्टिक ल्याब्स नामको निर्मातासँगको साझेदारी समाप्त गर्ने भएको छ। अहिले भने कम्पनीले यसका लागि मिंगाओ सेन्सिङ नामक कम्पनीसँग साझेदारी गरेको छ।
तर नयाँ निर्माताले शाओमीका लागि सेन्सर उत्पादन कहिलेदेखि थाल्छ भन्ने यकिन भएको छैन।
यसबाहेक कम्पनीले अझै बाँकी रहेका समस्या भने ओटीए अपडेटमार्फत् समाधान गर्ने बुझिएको छ। तर यो हार्डवयरसँगमात्र सम्बन्धित समस्या भएको पुष्टि भएमा ओटीएमार्फत् समाधान हुने छैन।
प्रकाशित: ७ भाद्र २०७८, सोमबार