
काठमाडौं ।
नेपालका टेलिकम कम्पनीहरुले विदेशबाट आयात गरेको ध्वनिसम्बन्धी यन्त्रहरुमा प्रयोग हुने लाइसेन्स तथा एन्टिभाइरसजन्य प्रोग्रामहरुमा न्यून कर असुल न्यून गरिएको भन्दै बाँकी राजस्व रकम उठाउन महालेखापरीक्षकको कार्यालयले सुझाब दिएको छ।
टेलिकम कम्पनीहरुले लाइसेन्स तथा एन्टिभाइरसजन्य प्रोग्रामहरु, अप्टिक्स अप्टिकल एण्ड प्याकेट अप्टिकल, ट्रान्समिसन नेटवर्क, हाईरार्किकल क्यूओएस फङसन, ट्रान्समिसन क्यापासिटी लाइसेन्स वेभ डिबगिङ लाइसेन्स जस्ता प्रोग्रामहरु पैठारी गर्दा न्यून भन्सार असुल गरेकोमा त्यस्तो न्यून भन्सार बापतको रकम ५ करोड ६३ लाख ७३ हजार रुपैयाँ असुल गर्न महालेखापरीक्षकले आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनमा भनेको छ।
महालेखापरीक्षकको ५८ औं प्रतिवेदनअनुसार त्यस्ता प्रोग्रामहरुमा जाँचपास गर्दा ५ प्रतिशत भन्सार महशुल र मूल्य अभिवृद्धि कर असुल गर्नुपर्नेमा सुख्खा बन्दरगाह भन्सार कार्यालयले मूल्य अभिवृद्धि कर मात्र असुल गरेको भन्दै त्यसमा छुट हुन गएको भन्सार महशुल र सोको मूल्य अभिवृद्धि कर ५ करोड ६३ लाख ७३ हजार रुपैयाँ असुल गर्नुपर्ने उल्लेख गरेको छ ।
त्यसैगरि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट विभिन्न लाइसेन्स पैठारी गरेकोमा ती लाइसेन्सहरुमा पनि न्यून महशुल लगाएर जाँचपास गरेको देखिएको छ। त्यस बापतको फरक रकम र त्यसमा लाग्ने मूल्य अभिवृद्धि कर १ करोड १४ लाख ३२ हजार महशुल असुल गर्नुपर्ने महालेखाको ठहर छ।
प्रकाशित: ७ भाद्र २०७८, सोमबार