काठमाडौं ।
आगामी सन् २०२३ सम्ममा कारहरुमा फाइभजी नेटवर्क ल्याउन जनरल मोटर्स र एटीएन्डटीबीच साझेदारी भएको छ।
सन् २०२३ मा बजारमा आउने २०२४ मोडलका केही सवारीहरु फाइभजी प्रविधियुक्त पहिलो मोडलहरु हुनेछन्।
जीएमले सन् २०२४ ल्याउने मोडल भनेको विद्युतीय हम्मर एसयूभी हो। जीएमका सन् २०१९ यताका फोरजी एलटीई युक्त गाडीमा फाइभजी नेटवर्क जोडिएमा कनेक्शन स्पीड अझ द्रुत र प्रभावकारी हुने अपेक्षा गरिएको छ।
यी दुई कम्पनीहरु मिलेर सडकमा सुधारिएको कभरेजसहितको ‘उच्च प्रदर्शनयुक्त फाइभजी कोर नेटवर्क’ निर्माणमा लागिपरेका छन्।
जीएम तथा एटीएन्डटीले यो नेटवर्कले द्रुत गतिमा सफ्टवेयर अपडेट तथा गीत र भिडियो डाउनलोड गर्नुका साथै अझ सुधारिएको नेभिगेशन तथा भ्वाइस सेवा प्रदान गर्ने दावी गरेका छन्।
सुधारिएको कनेक्टिभिटीले स्वचालित सवारीलाई पनि फाइदा पुर्याउने बताइएको छ। जीएमले आफ्नो ‘सेमी अटोनोमस सुपर क्रुज टेक’ का लागि फाइभजी नेटवर्कले बलियो जग सिर्जना गर्ने बताएको छ।
आफ्ना कारहरुमा फाइभजी कनेक्टिभिटी भित्र्याउने योजना कम्पनीसँग पहिलेदेखि नै रहेको थियो। तर अहिले नै राजमार्ग तथा ग्रामीण भेगमा सहज तरिकाले नेटवर्क कभरेज नपुगेकाले यो सेवा सन् २०२४ बाट शुरु गर्ने योजना निकै वैज्ञानिक र व्यवहारिक देखिन्छ।
आफ्नो फाइभजी नेटवर्क हाल अमेरिकाभरका १४ हजार शहरहरुमा उपलब्ध रहेको एटीएन्डटीको भनाइ छ।
*हेडलाइन सम्पादित
प्रकाशित: ६ भाद्र २०७८, आईतवार