कतार एयरवेज कार्गोद्वारा फ्रेइटोसको वेबकार्गो सेवा विश्वभर बिस्तार

  • Technology Khabar | ४ भाद्र २०७८, शुक्रबार
कतार एयरवेज कार्गोद्वारा फ्रेइटोसको वेबकार्गो सेवा विश्वभर बिस्तार

काठमाडौं ।

कतार एयरवेजले थर्ड पार्टी ई–बुकिङ प्लेटफर्म फ्रेइटोसको वेबमा आधारित कार्गो सेवा वेबकार्गो (WebCargo) २३ अगस्ट २०२१ देखि लागू हुनेगरी विश्वभर विस्तार गरेको छ।

कतार एयरवेजको विश्वव्यापी नेटवर्कमा प्रयोगकर्ताहरूले अब वेबकार्गो प्लेटफर्मबाट लागत तथा क्षमताको प्रत्यक्ष जानकारीसहित अनलाइन वा अफलाइन ई–बुकिङ गर्न सक्ने कम्पनीले जानकारी दिएको छ।

फेब्रुअरी २०२१ मा फ्रान्स, जर्मनी, इटाली, दक्षिण अफ्रिका, स्पेन तथा नेदरल्याण्डस्मा सेवा सुरुवात भएपछि एयरलाइनले तीव्ररुपले युरोपका अन्य केही राष्ट्र र जुलाईमा संयुक्त राज्य अमेरिकामा पनि सेवा विस्तार गरेको हो । यस विश्वव्यापी कार्यान्वयनसँगै अब उक्त सेवा ७२ राष्ट्रमा विस्तार भएको हो।

सो अनलाइन कार्गो सुबिधाबाट ग्राहकहरुले तत्काल कार्गोको मूल्य र क्षमताको बारेमा जानकारी हासिल गर्न सक्ने बताईएको छ।

डिजिटलाइजेशन क्यारियर रणनीतिको एक प्रमुख स्तम्भ भएको जनाएको छ ।

प्रकाशित: ४ भाद्र २०७८, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार